एलन मस्कको कम्पनी एक्स एआई द्वारा विकसित गरिएको च्याटबोट ‘ग्रोक’ले पछिल्लो समय हिंसात्मक र आपत्तिजनक सामग्री पोस्ट गरेपछि कम्पनी र सामाजिक सञ्जाल एक्स (पूर्व ट्विटर) गम्भीर विवादमा तानिएको छ। विवाद चर्किएसँगै एक्स एआईकी प्रमुख कार्यकारी अधिकृत (सिइओ) लिंडा याकारिनोले पदबाट राजीनामा दिएकी छन्। याकारिनोले दुई वर्षअघि एनबीसी युनिभर्सल छोडेर एक्समा