काठमाडौं । काठमाडौंको बौद्ध क्षेत्रबाट स्रोत नखुलेको झन्डै डेढ करोड रुपैयाँसहित एक चिनियाँ नागरिक पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–६ बौद्ध नयाँ बस्तीस्थित डेरामा बस्दै आएका ४० वर्षीय वाङ जियानलाई प्रहरीले १ करोड ४४ लाख रुपैयाँ सहित नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शंकास्पद आर्थिक कारोबार भइरहेको