काठमाडौं । जेनजी आन्दोलनमा घाइते भएका नागरिकको उपचार खर्च अब बैंकहरूले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) को रकमबाट बेहोर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले हालै संशोधन गरेको सीएसआर मार्गदर्शन २०८१ अनुसार सरकारी अस्पतालमा उपचाररत गरिब तथा विपन्न वर्गका घाइतेको औषधि उपचार खर्च बैंकहरूले सीएसआरअन्तर्गत खर्च गर्न सक्ने व्यवस्था गरिएको