नाडाका समस्या समाधान गर्न उद्योग मन्त्रालय सकारात्मक « Arthapath.com
२० माघ २०७६, सोमबार

नाडाका समस्या समाधान गर्न उद्योग मन्त्रालय सकारात्मक



काठमाडौं । नाडा एशोसिएन अफ नेपाल र उद्योग वाणिज्य तथा आपूति मन्त्रालयका सचिव डा.बैकुण्ठ अर्यालविच नाडा एशोसिएन अफ नेपाले खेप्नु परेका समस्या समाधान वारे छलफल भएको नाडाले जनाएको छ ।

छलफलमा नाडाका अध्यक्ष दुलालले उक्त विभागमा एजेन्सी दर्ता सम्बन्धमा पुराना ऐनका कारण एजेन्सी नविकरणमा विभिन्न समस्याहरु आईपरेको हुंँदा सवारी साधन पैठारी गर्दा अप्ठेरो परेको हुनाले व्यवसायलाई सहजीकरण गर्न माग गनरेका छन् । उक्त छलफलमा उपाध्यक्ष करण चौधरी, आकाश गोल्छा र केन्द्रीय कार्य समिति सदस्य निराकार श्रेष्ठले आफ्ना समस्याका वारेमा स्पष्ट पारेका थिए ।

छलफलको क्रममा उद्योग वाणिज्य तथा आपूर्ति सचिव डा. बैकुण्ड अर्यालले केहि दिन भित्रै नेपाल राष्ट्र« बैङ्क, बाणिज्य, आपूति तथा उपभोक्ता हित संरक्षण विभाग र भन्सार कार्यालयहरुसंग छलफल गरी व्यवसायीहरुका समस्या समाधान गर्ने बताए ।

नाडा प्रतिनिधि मण्डल र उद्योग वाणिज्य तथा आपूति मन्त्रालयका सचिव विच भएको छलफलमा नाडाका अध्यक्ष कृष्णप्रसाद दुलाल, उपाध्यक्ष करण चौधरी, आकाश गोल्छा, महासचिव सुनिल रिजाल र केन्द्रीय कार्य समिति सदस्य अभिक ज्योति, निराकार श्रेष्ठ तथा शुभासिस थपलिया समेतको उपस्थिति रहेको थियो । त्यसैगरी सो छलफलमा विभागका निर्देशकहरुको समोत सहभागीता रहेको नाडाले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्