राष्ट्र बैङ्कको सर्कुलरले निजी गाडीको मूल्य २ प्रतिसतसम्म बढ्ने « Arthapath.com
६ पुष २०७८, मंगलवार

राष्ट्र बैङ्कको सर्कुलरले निजी गाडीको मूल्य २ प्रतिसतसम्म बढ्ने



सरकारले गाडी आयात रोक्न खोजेको हो वा महँगी बढाउन ? 

काठमाडौँ । सरकारले विदेशी मुद्राको सन्चिती घट्दै गएको भन्दै केही विलासी बस्तुको आयातमा कडाइ गरेको छ । नेपाल राष्ट्र बैङ्कले बिलासी बस्तुको आयात गर्दा आयात कर्ताले बैङ्कमा सत प्रतिशत र ५० प्रतिशत मार्जिन राख्नुपर्ने व्यवस्था गरेको छ । 

राष्ट्र बैङ्कले सोमबार निर्देशन जारी गर्दै १८ वस्तुको आयात गर्दा शतप्रतिशत मार्जिन र अन्य दुई वस्तुमा ५० प्रतिशत मार्जिन राख्नुपर्ने व्यवस्था गरेपछि बजार तरङ्गित भएको छ । अव आयातकर्ताले गाडी आयात गर्दा सुरुमै ५० प्रतिशत रकम जम्मा गर्नुपर्नेछ । 

निजी सवारी आयात गर्दा प्रतितपत्र खोल्दा नै आयातकर्ताले अव गाडीको मूल्य अनुसार पहिल्यै ५० प्रतिशत रकम बैङ्कमा जम्मा गर्नुपर्ने हुन्छ । जुन पहिले ५ प्रतिशत राखे पुग्थ्यो र बाँकी रकम गाडी आएपछि दिए पुग्थ्यो । ‘सरकारले गाडी आयात रोक्ने उद्देश्यजस्तो देखिन्छ, नाडा अटोमोवाइल्स एसोसिएसनका नवनिर्वाचित कार्यसमिति सदस्यले अनुप बरालले भने ।’ अव ३० लाखको गाडी आयात गर्दा आयातकर्ता कम्पनीले १५ लाख पहिले नै जम्मा गर्नुपर्नेछ । यसले आयात गर्न गाह्रो पर्ने रोजगारीमा समेत असर पर्ने बरालले बताए । ३ महिनाको व्याज एडभान्समा तिर्नुपर्ने भएपछि त्यसको व्याज सम्बन्धित कम्पनीले जोड्दा गाडीको मूल्य बढ्ने गोल्छा बताउँछन् ।  

राष्ट्र बैङ्कको निर्णयले अव निजी सवारीको मूल्य बढ्ने पक्का भएको छ । निजी गाडी आयातकर्ताले पहिले गाडीको मूल्यको ५० प्रतिशत रकम बैङ्कमा जम्मा गरे मात्रै बैङ्कले गाडी ल्याउन एलसी खोलिदिनेछ । गाडी आउनुभन्दा ३ महिनाअघिकै ५० प्रतिशत रकम जम्मा गर्दा आयातकर्ता कम्पनीले त्यसको व्याज र कमिटमेन्टको समेत जोडेर कम्तीमा २ प्रतिशत मूल्य बढ्ने देखिन्छ । नेपालमा फोर्डको गाडी आयात गर्दै आएका आकाश गोल्छा भन्छन् यो निर्णयले अटो व्यवसायीलाई थप मर्का पर्नेछ । 

सरकारले सबै वाणिज्य बैङ्क र राष्ट्रिय स्तरका विकास बैङ्कहरूलाई निर्देशन दिँदै निजी प्रयोजनका सवारीका साथै अन्य चुहिगम, चकलेट, इनर्जी ड्रिङ्क, चुरोटलगायतका बस्तुको आयातमा रोक्न लागेको हो । अहिले बैङ्कमा तरलताको सङ्कट बढ्दै गएको छ भने अर्कोतिर रेमिट्यान्स घट्दै गएपछि सरकार आयात रोक्न लागेको हो । 


प्रतिक्रिया दिनुहोस्