आजदेखि ‘नाडा अटो शो २०२३’ सुरु हुँदै, २० अर्ब बढीको बुकिङ तथा कारोबार हुने अनुमान « Arthapath.com
२६ भाद्र २०८०, मंगलवार

आजदेखि ‘नाडा अटो शो २०२३’ सुरु हुँदै, २० अर्ब बढीको बुकिङ तथा कारोबार हुने अनुमान



काठमाडौं । आजदेखि ‘नाडा अटो शो २०२३’ संचालन हुँदैछ । तीन वर्षपछि अर्थात सन् २०१९ पछि पहिलो पटक नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल (नाडा)ले नाडा अटो शो २०२३ गर्न लागेको हो ।

काठमाडौंको भृकुटीमण्डममा आयोजना हुने उक्त शो ६ दिनसम्म संचालन हुनेछ । उक्त प्रदर्शनीमा प्रख्यात अन्तराष्ट्रिय ब्राण्डका सवारी साधन, लुब्रिकेन्ट, टायर, पार्ट–पुजाका साथै राष्ट्रिय ब्राण्डका नदी सामग्री उत्पादक एवं वस्तु तथा सेवा प्रदायकहरूले सहभागिता जनाउँदैछन् ।

विभिन्न ब्राण्डका सवारीको तथा सेवा प्रदायकहरुहरुले स्टल सजावटमा व्यस्त छन् । शोलाई आकर्षक र व्यवस्थित बनाउन स्टल निर्माण तथा सजावटको कार्यलाई तिव्रताका साथ अघि बढाइएको छ ।

प्रदर्शनीलाई बढी जानकारीमूलक, सेवामूलक र ग्राहकमुखी बनाउन अटो सम्बन्धि सेवा सुविधा दिने नाडाले जनाएको छ । नाडाका अनुसार वित्तिय सेवा, बिक्रिपछिका सेवा आदिका छुट्टा स्टलहरु रहने छन् ।

प्रदर्शनीमा १६ वटा ब्राण्डका चार पाइरी, २२ वटा बाण्डका दुई पाइने, ७ वटा ब्राण्डका नाइट कमर्शियल भेहिकल ९ वटा वित्तिय संस्था तथा ३० वटा विकेन्ट, टायर प्याटरी पार्टपुर्जा एवं ग्यारेज उपकरण कम्पनीहरुको सहभागिता रहेको छ ।

आम सर्व साधारणलाई ट्राफिक नियम तथा सडक सुरक्षा सम्बन्धी व्यापक समुचित गराउने उद्देश्यका साथ महानगरीय ट्राफिक प्रहरी महाशाखा, काडमाडौंको सुचना–पक्ष समेत प्रदर्शनीमा रहने छ ।

६ दिनसम्म चल्ने विशाल प्रदर्शनीमा अवलोकनकर्ताहरुको सुविधालाई विषेश ध्यानमा राखी २– पाङग्रे, ४– पाङग्रे, वित्तीय संस्था, अटो कम्पोनेन्ट्स् एवं ग्यारेज उपकरणहरुको छुट्टा–छुट्टै प्रदर्शन राखिने छ ।

उक्त शोमा बीवाईडी, एमजी, नेटा र वुलिङले ईभीलाई मात्र प्रदर्शनीमा रहेका छन् । प्रदर्शनी स्थलमा सजिलै आवागमन गर्नका लागि काठमाण्डू मल, सैनिक कल्याणकारी भवन, बस पार्क भ्यूटावरलगायतका सार्वजनिक पार्किङ्ग स्थलहरूबाट महानगर यातायातको सहयोगमा शटल बस सञ्चालन गरिने बताइएको छ ।

एक्स्पोलाई व्यवस्थित बनाउन, प्रदर्शनी स्थलमा भिडभाड कम गर्न भ्रमणलाई सहज बनाउन खल्ती एप मार्फत अनलाईन टिकट खरिद गर्न सकिने व्यवस्था छ । उक्त शोमा २० अर्ब बढीको बुकिङ तथा कारोबार हुने अनुमान गरिएको छ ।

अग्रिम अनलाइन टिकट खरिदमा खल्तीद्वारा २० प्रतिशत क्यास ब्याकको अफर समेत रहको छ । प्रवेश शुल्क भने २०० रुपैयाँ टिकट कायम गरिएको छ । तर, विद्यार्थीले भने १५० रुपैयाँमै टिकट पाउने नाडाले जनाएको छ । उक्त शो लगभग ७५ हजार आगन्तुकले अवलोकन गर्ने नाडाको विश्वास छ ।


प्रतिक्रिया दिनुहोस्