२० वर्षसम्मका पुराना गाडीसँग नेटा भि साट्न सकिने, ४ लाखको मूल्याङ्कन र ८० प्रतिशत फाइनान्स सुविधा  « Arthapath.com
२५ पुष २०८०, बुधबार

२० वर्षसम्मका पुराना गाडीसँग नेटा भि साट्न सकिने, ४ लाखको मूल्याङ्कन र ८० प्रतिशत फाइनान्स सुविधा 



काठमाडौँ । सिजी मोटर्सले २० वर्ष पुराना कारहरूसँग विद्युतीय गाडी नेटा भि साट्न सकिने सुविधा दिएको छ । 

कम्पनीले विद्युतीय सवारीको बजार प्रवर्द्धनका लागि महा–एक्सचेन्ज अफर ल्याएको हो । उक्त अफर अन्तर्गत २० वर्ष पुराना सामान्य कारण भएका ग्राहकहरूले सहजै रूपमा नेटा भि गाडी साट्न सक्नेछन् । स्विच टु द प्योर इभी नारा सहितको एक्सचेन्ज योजनामा पुराना गाडीको न्यूनतम मूल्याङ्कन ४ लाख रहेको छ । नेटा भी एक्सचेन्ज गर्नेलाई कम्पनीले ४ लाख मूल्याङ्कन दिने भएको हो । 

‘नेटाको एक्सचेन्ज क्याम्पमा आफ्नो २० वर्ष पुरानो जुनसुकै सवारी साधन आधुनिक नेटा एक्सचेन्ज गर्दा ग्राहकले न्यूनतम मूल्याङ्कन ४ लाख दिइने छ’, कम्पनीका प्रतिनिधिले भने,‘यसको अलावा टुल्स सहितको स्पेयर टायर, ६.६ किलोवाट एसी फास्ट चार्जर समेत पाउने छन् ।’

अफरबाट पुराना गाडीहरूबाट हैरानी भएका तथा इलेक्ट्रिक कार चढ्न चाहने ग्राहकहरू लाभान्वित हुन सक्ने छन् । एक्सचेन्ज क्याम्पको मुख्य उद्देश्य नेटा भी को प्रवर्द्धन गर्नु मात्र नभई पुराना प्रदूषण गरिरहेका सवारी साधनको व्यवस्थापन समेत रहेको कम्पनीले जनाएको छ । 

उक्त योजना पुस मसान्तसम्म मात्रै चल्ने छन् । उक्त अफरमा हालसम्म ४० भन्दा बढी ग्राहकले सुविधा लिएको कम्पनीले जनाएको छ । नेटा भीमा कम्पनीले ब्याट्री र मोटरमा ८ वर्ष वा १ लाख ५० हजार किलोमिटरसम्मको वारेन्टी सुविधा पनि दिएको छ । यस्तै,  नन् मुभिङ एक्टेरियर पार्टसमा  १० वर्ष वा २ लाख किलोमिटरसम्मको वारेन्टी रहेको कम्पनीले जनाएको छ । 

यसका साथै कम्पनीले सहज फाइनान्सको सुविधा पनि दिइएको छ । कम्पनीले एक्सचेन्ज स्किमसँगै सहजै ८० प्रतिशतसम्म फाइनान्स सुविधा दिइएको कम्पनीले जनाएको छ । 

नेपाली बजारमा उपलब्ध लोकप्रिय इलेक्ट्रिक कार हो । नेटा भी कारमा ३८.५ किलोवाट आवर ब्याट्री प्रयोग गरिएको छ । नेटामा प्रयोग भएका ब्याट्री र मोटरमा ८ वर्ष वा १ लाख ५० हजार किलोमिटर वारेन्टी छ । पछिल्लो नेपाली बजारमा धेरै नै रुचाइएको यो कारको मूल्य ३९ लाख ९९ हजार रुपैयाँ कायम गरिएको छ । 


प्रतिक्रिया दिनुहोस्