एथर नेपालले बिरगंज नयाँ अनुभव केन्द्र विस्तार गर्यो
काठमाडौं। एथर एनर्जी नेपालले आफ्नो देशव्यापी विस्तार योजनाअन्तर्गत बिरगंजमा नयाँ अनुभव केन्द्र सञ्चालनमा ल्याएको छ। आदर्शनगरस्थित उक्त केन्द्र १८ जुन २०२६ देखि गेटवे मोटर्स प्रालिको व्यवस्थापनमा सञ्चालनमा आएको हो।
यस विस्तारसँगै एथर नेपालले देशभर १२ वटा अनुभव केन्द्र सञ्चालनमा ल्याइसकेको छ। यसमध्ये काठमाडौं उपत्यकामा पाँच वटा तथा पोखरा, चितवन, इटहरी, बुटवल, जनकपुर, बिर्तामोड र बिरगंज अन्य केन्द्रहरू रहेका छन्। कम्पनीले बिक्रीपछिको सेवा सञ्जाल पनि विस्तार गर्दै आएको छ, जसअन्तर्गत अधिकृत सेवा केन्द्रहरू मार्फत ग्राहकलाई सहज तथा भरपर्दो सेवा प्रदान गरिँदै आएको छ।
एथरले आठ वर्षसम्मको विस्तारित ब्याट्री ग्यारेन्टी सहितको स्वामित्व सुविधा प्रदान गर्दै आएको छ। नयाँ केन्द्रमा एथर ४५० सिरिज र एथर रिज्टा स्कुटर प्रदर्शन तथा टेस्ट राइड सुविधा उपलब्ध हुनेछ। एथर ४५० सिरिज स्मार्ट टेक्नोलोजी र प्रदर्शनका लागि चिनिन्छ भने एथर रिज्टा परिवार तथा दैनिक प्रयोगका लागि डिजाइन गरिएको हो।
ग्राहकहरूले यहाँ उत्पादन प्रदर्शन, टेस्ट राइड, वित्तीय सुविधा र एक्सचेन्ज सम्बन्धी परामर्श प्राप्त गर्न सक्नेछन्। एथरले देशभर ४० भन्दा बढी फास्ट चार्जिङ बिन्दुहरू भएको “एथर ग्रिड” नेटवर्क पनि विस्तार गरिरहेको छ। उद्घाटन अवसरमा सीमित समयका लागि विशेष अफरहरू समेत उपलब्ध गराइएको कम्पनीले जनाएको छ












