हुन्डाईको एसेम्बलिङ प्लान्टको औपचारिक उद्घाटन, नेपालमै गाडी उत्पादन सुरु « Arthapath.com
२८ बैशाख २०८१, शुक्रबार

हुन्डाईको एसेम्बलिङ प्लान्टको औपचारिक उद्घाटन, नेपालमै गाडी उत्पादन सुरु



काठमाडौं । लक्ष्मी ग्रुप अन्तर्गतको लक्ष्मी मोटर कर्पोरेसनले नेपालमै हुन्डाईको एसेम्बल प्लान्ट संचालनमा ल्याएको छ । विश्व प्रसिद्ध कोरियाली अटो निर्मााता कम्पनीले नेपालमै हुन्डाई ब्रान्डका गाडी नेपालमै एसेम्बल सुरु गरेको हो ।

शुक्रबार प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ले हुन्डाईको एसेम्बलिङ प्लान्टको औपचारिक उद्घाटन गरिएको छ । नवलपरासी स्थित हुन्डाइको उक्त एसेम्बलिङ प्रधान्मन्त्री प्रचण्ड र हुन्डाई मोटर इन्डिया लिमिटेडका प्रबन्धक निर्देशक उनसू किमले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

नवलपरासी पश्चिमको रामग्राम नगरपालिका–६ मा १५ बिघामा एसेम्ब्लिङ प्लान्ट बनाइएको छ । हुन्डाई दक्षिण कोरियाको बहुर्राष्ट्रिय गाडी उत्पादक कम्पनी हो । नेपालमा अन्तर्राष्ट्रिय ब्रान्डको चारपांग्रे गाडी एसेम्बल गर्ने यो पहिलो कारखाना समेत भएको छ ।

कम्पनीले ६ महिनादेखि नै उक्त प्लान्टबाट हुन्डाईको कम्प्याक्ट एसयूभी भेन्यू गाडीको परीक्षण उत्पादन गरिरहेको छ । परीक्षण उत्पादन सफल भएसँगै भेन्यूको व्यावसायिक उत्पादन पनि थालिएको कम्पनीले जनाएको छ । उक्त प्लान्टको वार्षिक गाडी उत्पादन क्षमता ५ हजार ४०० थान छ । कारखाना निर्माणमा कर्पोसनले ५ अर्ब बढी लगानी गरेकोछ ।

सरकारले पनि बजेट मार्फत नै एसेम्बल उद्योगलाई प्रोत्साहन गर्ने र करमा सहुलियत दिने नीति ल्याएको छ । अहिले एसेम्बलको लागि ल्याइने सिकेडी किट आयात गर्दा भन्सारमा २५ प्रतिशत र अन्तःशुल्कमा ५० प्रतिशत छुट दिने ब्यवस्था गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्