गोल्छा समूहले भित्र्याउँदै छ चिनियाँ नयाँ ब्राण्ड ‘खाई–यी’ « Arthapath.com
२५ जेष्ठ २०८१, शुक्रबार

गोल्छा समूहले भित्र्याउँदै छ चिनियाँ नयाँ ब्राण्ड ‘खाई–यी’



काठमाडौं । ईभीको बजारमा चिनियाँ ब्राण्डको प्रभूत्व दिनानुदिन बढ्दै गएको छ । अब थप एक ब्राण्डको गाडी नेपाल भित्रिने भएको छ ।

‘खाइ–यी’ (KAIYI) ब्राण्डको ‘एक्स थ्री प्रो’ कार नेपाल भित्रिन लागेको हो । यो ब्राण्ड चिनियाँ गाडी उत्पादक कम्पनी चेरी इण्टरनेशनलको सहायक कम्पनी ‘खाइ–युन’ले उत्पादन गर्छ ।

नेपालमा गोल्छा अर्गनाइजेशन अन्तरगतको जिओ अटोमोबाइल्स प्रालिले उक्त कार नेपाल ल्याउन लागेको हो ।

जिओले आउँदो डेढ महिनाभित्र उक्त कार नेपाल भित्र्याएर काठमाडौँको थापाथली स्थित शोरुमबाट बिक्री थालिसक्ने बताएको छ ।

कम्पनीले शोरुम, सर्भिसिङ सेन्टरलगायत संरचना निर्माण गर्ने तयारी सुरु गरिसकेको कम्पनीले जनाएको छ ।

सन् २०२२ को मोडल अनुसार यो गाडीको लेन्थ ४४०० एमएम, चौडाई १८३१ एमएम, उचाई १६५३ एमएम र ह्‍विलबेस २६३२ एमएम रहेको छ ।

गाडीमा ५३ किलोवाट क्षमताको लिथियम आयोन फोस्फेट ब्याट्री रहेको छ । १६४ हर्स पावर क्षमताको मोटर जडित यो कार एक पल्ट फुल चार्ज गरेपछि ४०० किमीसम्म यात्रा गर्न सकिने कम्पनीले जनाएको छ ।

गाडीको इन्टेरियर अत्यन्त आरामदायी रहेको कम्पनीको दाबी छ । पछाडीका सिटमा बस्नेहरुका लागि पर्याप्त ठाउँ, युएसबी पोर्ट, ११ इन्चको इन्फोटेन्मेन्ट स्क्रिन, ७ इन्च डिजिटल इन्स्ट्रुमेन्ट स्क्रिन, वायरलेस चार्जर, याम्बियन्ट लाइटिङ लगायतका फिचरहरु गाडीमा रहेका छन् । ३६० डिग्री क्यामेरा पनि हुने नै भयो ।


प्रतिक्रिया दिनुहोस्