नेपाली बजारमा लुयानको नयाँ इलेक्ट्रिक स्कुटर सार्वजनिक, मूल्य कति ?

काठमाडौं । लुयान नेपालले नयाँ विद्युतीय स्कुटर लुयान एस ९० हालै नेपालमा सार्वजनिक गरेको छ ।
निकै बोल्ड र अत्याधुनिक फिचरले सुसज्जित एस ९० मा २ हजार ५०० वाटको पिक पावर भएको लिक्विड कुल्ड मोटर दिइएको छ ।
अन्य हब मोटरको तुलनामा लिक्विड कुल्ड मोटरको तान्ने क्षमता तथा लाइफ स्पान बढी हुने कम्पनीले जनाएको छ । २ हजार ५२० वाट आवर क्षमताको बेट्री भएकाले यसले एकपटकको फुल चार्जमा अधिकतम १२० किलोमिटर रेन्ज दिने बताइएको छ ।
स्कुटरमा रिजेनेरेटिभ ब्रेकिङ्ग सिस्टम भएकाले यसले ओरालोमा बे्रक लिँदा आफै बेट्री चार्ज हुन्छ । यसमा १२ इन्चको व्हिलमा दुवै टायर भएकाले १७० एमएमको अग्लो ग्राउण्ड क्लियरेन्स पाउन सकिन्छ । यसको अगाडि र पछाडि दुबै व्हिलमा डिस्क बे्रक दिइएको छ ।
कम्पनीका सेल्स तथा मार्केटिङ्ग हेड, शंकर शर्माले शुक्रबार एक विज्ञप्ती जारी गर्दै यसको जानकारी दिनुभएको छ । ६५ किलोमिटर प्रति घण्टाको टप स्पिड भएको यो स्कुटरको ११२ किलोग्राम कुल वजन रहेको छ । यसमा सिटमुनी ३२ लिटरको निक्कै ठुलो वुटस्पेस रहेको छ । जसमा ठुलो हेलमेट राखेर पनि अन्य सामानहरु सजिलै अटाउन सकिन्छ ।
आइपि ६७ रेटेड वाटर तथा डस्ट प्रुफ यो स्कुटरलाई जस्तोसुकै मुसलधारे पानी पर्दा पनि चलाउन सकिन्छ । यसमा एनएफसी सिस्टम भएकाले चावी विना मोवाइलको माध्यमबाट मात्रै पनि अन अथवा अफ गर्न सकिन्छ । यो सुरक्षाको दृष्टिले निक्कै सुरक्षित मानिन्छ ।
यसमा एन्टिथेप्ट अलार्म, ७ इन्चको डिजिटल डिस्प्ले, एलइडि हेड लाइट, डिआरएल लगायतका फिचरहरु लोडेड छन् । यति हुँदाहुँदै पनि यसको अधिकतम बिक्रि मुल्य २ लाख ६ हजार १ सय रुपैयाँ मात्र कायम गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार एक्स्चेन्ज तथा फाइनान्सको पनि सुविधा रहेको छ ।