यो वर्षको ‘एक्सपेरियन्स टोयोटा’ असार ५ गतेदेखि सुरु हुँदै, १२ वर्षसम्मको बैंकिङ्ग फाईनान्सको सुविधा « Arthapath.com
२ असार २०८१, आईतवार

यो वर्षको ‘एक्सपेरियन्स टोयोटा’ असार ५ गतेदेखि सुरु हुँदै, १२ वर्षसम्मको बैंकिङ्ग फाईनान्सको सुविधा



काठमाडौं । नेपालका लागि टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रा.लि ले ‘एक्सपेरियन्स टोयोटा’ आयोजना सुरु गर्ने भएको छ ।

कम्पनीले आनन्दनगर, धुम्बाराही स्थित आफुनो टोयोटा शोरुममा असार ५ देखि असार ७ गते सम्मका लागि ‘एक्सपेरियन्स टोयोटा’ आयोजना गर्ने भएको हो ।

२०८१ लाई बिशेष लक्षित गरि आयोजना गरिएको यस इभेन्टमा ग्राहकले हरेक गाडीको खरिदमा एक्सचेन्ज बोनस, अतिरिक्त एसोसरिज, निःशुल्क बीमा, बैंकिंग सुबिधा ( १२ वर्ष सम्म), रोड कर, विभिन्न उपहारहरु समेत पाउने हुनेछ ।

टोयोटाको हरेक टेस्ट ड्राइभमा आकर्षक उपहार पाउनुको साथै ग्राहकलाई यस प्रा.लिको विभिन्न सुबिधाको बारेमा जानकारी गराईनेछ । ग्राहकलाई यू.टि.एससंग विभिन्न मोडलका गाडीहरु उपलब्द रहेको हुँदा आफ्ना ग्राहकलाई निर्धक्कका साथ टेस्ट ड्राइभ गर्न आव्हान समेत गरेको छ ।

उत्सवमा ग्राहकलाई सहजीकरण गर्नका निम्ति गरिमा विकास बैंक र अन्य विभिन्न बैंकसंग बैंकिंग फाईनान्सको पनि ब्यबस्था गरिएको कम्पनीले जनाएको छ ।

टोयोटाको ग्लोबल भिजन “मोबिलिटी फोर अल” लाई सहयोग गर्दै युटिएसले ग्राहकका लागि उत्कृष्ट एक्सचेन्ज योजना र आफ्नो सवारी साधनको अधिकतम मूल्यांकन गर्ने सुवर्ण अवसर उक्त उत्सव मार्फत ल्याएको छ ।


प्रतिक्रिया दिनुहोस्