अब ७ लाख रुपैयाँमै किन्ने होइन त साढे ३६ लाख पर्ने सिट्रोन सी३ कार ? « Arthapath.com
२४ असार २०८१, सोमबार

अब ७ लाख रुपैयाँमै किन्ने होइन त साढे ३६ लाख पर्ने सिट्रोन सी३ कार ?



काठमाडौं । सिट्रोन सी३ अब २० प्रतिशत डाउनपेमेन्टमै खरिद गर्न सकिने भएको छ। सिट्रोन गाडीको नेपालका लागि आधिकारिक वितरक सांग्रिला मोटर्सले यस्तो सुविधा दिएको हो ।

कम्पनीले ८० प्रतिशतसम्म फाइनान्स सुविधामा सिट्रोन सी३ को पेट्रोल भर्सन बिक्रीका लागि उक्त योजना ल्याएको छ । हाल सिट्रोन सी३ लाई नेपाली बजारमा ३६ लाख ५० हजार रुपैयाँ मूल्य पर्छ ।

तर, अब उक्त गाडी २० प्रतिशत डाउनपेमेन्ट अर्थात् ७ लाख २० हजार रुपैयाँ तिरेर खरिद गर्न सकिने छ । बाँकी ८० प्रतिशत रकम भने सरल किस्ता बन्दीमा भुक्तानी गर्न सकिने कम्पनीले जनाएको छ ।

सिट्रोन सी३ मा १ हजार २०० सिसी क्षमताको पेट्रोल इन्जिन जडान गरिएको छ ।उक्त इन्जिनले ८२ पिएस पावर र ११५ एनएम टर्क जेनेरेट गर्दछ । इन्जिनलाई ५ स्पिड म्यानुअल ट्रान्समिसनसँग जोडिएको कम्पनीले जनाएको छ।

यो फ्रन्ट ह्विल ड्राइभ सिस्टम भएको कार हो । कारको टप स्पिड १४० किलोमिटर छ । यसले १ लिटर पेट्रलको खपतमा १९ किलोमिटर माइलेज दिने कम्पनीको दाबी छ ।

गाडीको ग्राउन्ड क्लिरियन्स १८० एमएम छ । सिट्रोन सी३ मा १० इन्चको इन्फोटेन्मेन्ट, ४ स्पिकर अडियो सिस्टम छ । यस्तै, एबिएस, इबिडी, डुअल एयरब्याग लागयत फिचर पाउन सकिन्छ।


प्रतिक्रिया दिनुहोस्