नेपालको अटोमोवाइल क्षेत्रलाई बलियो बनाउन एनएभिटी र नाडाबीच सहमती

काठमाडौं । नेपाल अटोमोबाइल क्षेत्रलाई बलियो बनाउन राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान (एनएभिटी) र नाडा अटोमोाइल्स एशोसिएसन अफ नेपाल (नाडा) बीच सहमति भएको छ ।
नेपालको अटोमोबाइल क्षेत्रमा कुशल श्रमिक र रोजगारीको बढ्दो माग गर्नका लागि विभिन्न तीन वटा क्षेत्रमा पारस्परिक सहकार्य गर्ने सहमति भएको हो ।
नाडाका अनुसार आवश्यक पाठ्यक्रम निर्माण, तालिम कार्यक्रम, र रोजगारीका लागि अवसरहरु सृजनागरी आवश्यक सुधार समेत गर्ने सहमति भएको छ।
यस्तै, दुवै संस्थाहरुले नेपालको अटोमोबाइल उद्योगहरुको वृद्धिका लागि नविनतम अध्ययन अनुसन्धानलाई अघि बढाउने र यस्तो पारस्परिक सहकार्य मार्फत उद्योगको आवश्यकताहरु र कर्मचारीहरुको क्षमता बीचको खाडल पूरा गर्ने भएको छ ।
यता, लेवल एक बाट तालिमको शुरुआत गर्ने र क्रमसः लेवेल दुईमा जाने, आवश्यकता अनुसार पाठयक्रम बनाउने र त्यसका लागि आवश्यक ओरिएण्टेशन दिलाउने र तालिम र पाठयक्रम निर्माणका लागि एनएभिटीले एनएडिएसंग सहमतीगरी (एमओयु) अघि बढने अघि सहमति भएको नाडाले जनाएको छ ।