ट्रायम्फ नेपालले सार्वजनिक गर्यो सर्क्याम्बलर ४००एक्सको नयाँ पर्ल ह्वाइट भेरिएन्ट, मूल्य कति ? « Arthapath.com
४ फाल्गुन २०८१, आईतवार

ट्रायम्फ नेपालले सार्वजनिक गर्यो सर्क्याम्बलर ४००एक्सको नयाँ पर्ल ह्वाइट भेरिएन्ट, मूल्य कति ?



काठमाडौं । ट्रायम्फ नेपालले बाइक फेस्ट २०२५ मा स्क्र्याम्बलर ४००एक्सको नयाँ पर्ल ह्वाइट भेरिएन्ट सार्वजनिक गरेको छ ।

नेपालमा हंसराज हुलासचन्द एन्ड कम्पनी प्रा. लि. द्वारा आधिकारिक रूपमा वितरण गरिने ट्रायम्फ मोटरसाइकल्सले स्क्र्याम्बलर ४००एक्स को नयाँ पर्ल ह्वाइट भेरिएन्ट सार्वजनिक गरेको हो ।

ट्रायम्फ मोटरसाइकल्सले नेपालमा गत वर्ष २०२४ को अक्टोबरमा पहिलो पटक आफ्नो उपस्थिती जनाएको थियो, जहाँ स्क्र्याम्बलर ४००एक्स र स्पीड ४०० सार्वजनिक भए ।

विशेषगरी स्क्र्याम्बलर ४००एक्स ले नेपालका बाइक प्रेमीहरूबाट उच्च लोकप्रियता हासिल गरेको छ । यसको मजबुत बनावट, शक्तिशाली इन्जिन, तथा अफ–रोड र अन–रोड दुबैमा चल्ने क्षमताले साहसिक यात्राका पारखीहरूलाई विशेष रूपमा आकर्षित गरिरहेको छ ।

त्यस्तै, स्पीड ४०० सहरमा सजिलो र आकर्षक यात्रा गर्नेहरूका लागि लोकप्रिय विकल्प बनेको छ ।

पर्ल ह्वाइट स्क्र्याम्बलर ४००एक्स को आगमनसँगै, ट्रायम्फ नेपालले ग्राहकहरूलाई नयाँ शैलीको विकल्प प्रदान गर्दै बाइकको उत्कृष्ट प्रदर्शन र बहुउपयोगी विशेषता जोगाइराख्न खोजेको छ । ग्राहकहरूको सकारात्मक प्रतिक्रियाले ट्रायम्फ नेपाललाई बिक्री तथा बिक्रीपछिको सेवा विस्तार गर्न प्रेरित गरेको छ ।

नेपालमा ट्रायम्फ मोटरसाइकलहरू प्रति ग्राहकहरूको माग अत्यधिक रहेकोले पनि कम्पनीले आफ्नो बिक्री तथा सेवा केन्द्रको क्षमता बढाउने निर्णय लिएको छ । यसले ग्राहकहरूलाई सुविधाजनक मर्मत सेवा प्रदान गर्ने र उत्कृष्ट ग्राहक अनुभव सुनिश्चित गर्ने उद्देश्य राखेको छ।

नयाँ पर्ल ह्वाइट स्क्र्याम्बलर ४००एक्सको मूल्य ६ लाख ९९ हजार ९०० रुपैयाँ तोकिएको छ, जुन नेपालभरका सबै आधिकारिक ट्रायम्फ डिलरशिपहरू मार्फत उपलब्ध हुनेछ ।

ग्राहकहरूले ट्रायम्फ नेपालको आधिकारिक सोरुम, वेबसाइट, वा नजिकैको डिलर मा सम्पर्क गरेर थप जानकारी लिन सक्नेछन्।


प्रतिक्रिया दिनुहोस्