टाटाको एसयूभी कर्भ ईभी सार्वजनिक, मूल्य कति ? « Arthapath.com
१२ फाल्गुन २०८१, सोमबार

टाटाको एसयूभी कर्भ ईभी सार्वजनिक, मूल्य कति ?



काठमाडौं । नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रालिले टाटाको एसयूभी कर्भ ईभी सार्वजनिक गरेको छ । आइतबार एक कार्यक्रमको आयोजना गर्दै सिप्रदी ट्रेडिङ्गले टाटाको एसयूभी कर्भ ईभी नेपाली बजारमा सार्वजनिक गरेको हो ।

नेपालमा कर्भको टप भेरियन्ट उपलब्ध हुने कम्पनीले जनाएको छ । आकर्षक डिजाइन, अत्याधुनिक प्रविधिसहित टाटा कर्भ ईभीले नेपाली गाडी बजारमा लोकप्रिय बन्ने अपेक्षा गरिएको छ । भारतमा कर्भ ईभीको पाँच भेरियन्ट उपलब्ध छ । यो कुप एसयुभी कर्भ ईभी हो ।

सिप्रदी ट्रेडिङ्गका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजन बाबु श्रेष्ठले सुरक्षाका हिसाबले पनि कर्भ ईभी मजबुत रहेको उनले दाबी गरे । उक्त ईभीमा स्वतः ब्रेक लाग्ने प्रणाली समेत जडान गरिएको छ । जसकारण पैदलयात्री, साइकल चालक लगायतसँग दुर्घटना हुनबाट जागिनेछ ।

४५ किलोवाट आवर र ५५ किलोवाट आवरको ब्याट्री रहेका छन् । ब्याट्रीमा पानी तथा धुलो नपस्ने गरी प्याकिङ गरिएको छ । ४५ किलोवाट आवरको ब्याट्री प्याक भएको भेरियन्टले ४३० किमी रेन्ज दिनेछ भने ५५ किलोवाट आवर ब्याट्री प्याक भएको भेरियन्टले ५०२ किमी रेन्ज दिनेछ । मोटर पावर १२३ किलोवाट आवर छ । ग्राउण्ड क्लियरेन्स १८६ एमएम छ । यो कारले ५ स्टार सेफ्टी रेटिङ समेत पाएको छ । ग्राउण्ड क्लियरेन्स १८६ एमएम छ भने सिट क्षमता ५ जनाको रहेको छ ।

टाटा कर्भ ईभी आकर्षक सेतो र खैरो दुई-रङको इन्टेरियर छ । यसको ड्यासबोर्डमा १२.३ इन्चको फ्लोटिङ इन्फोटेन्मेन्ट टच स्क्रिन छ । हाई भेरियन्टहरूमा १०.२५ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर उपलब्ध छ ।

एलईडी लाइटिङ, टच-बेस्ड क्लाइमेट कन्ट्रोल,प्यानोरामिक सनरूफ छ । कम्पनीले सुरक्षामा समेत ध्यान दिएको छ । ६ वटा एयर ब्याग छन् । इलेक्ट्रोनिक पार्किङ ब्रेक सिस्टम छ । हिल स्टार्ट र डिसेन्ट असिस्ट, चालकले ध्यान नदिएको पहिचान गर्ने प्रणाली, ब्लाइन्ट स्पट मोनिटरलगायतका सुविधाहरु छन् ।

सिप्रदीका अनुसार नेपालमा टप भेरियन्टको कर्भको मूल्य ५९ लाख ९९ हजार रूपैयाँ पर्नेछ ।


प्रतिक्रिया दिनुहोस्