महिन्द्रा केयर फेस्ट २०८१ आजबाट सुरु « Arthapath.com
१८ फाल्गुन २०८१, आईतवार

महिन्द्रा केयर फेस्ट २०८१ आजबाट सुरु



काठमाडौं । महिन्द्रा फोरव्हीलरको नेपालका लागि एक मात्र अधिकृत बिक्रेता अग्नि ग्रुपको सहायक कम्पनी बालाजु अटो वर्कसद्वारा आयोजित महिन्द्रा केयर फेस्ट २०८१ आजबाट सुरु भएको छ ।

यस कार्यक्रमको उद्घाटन कलाकार निर्मल शर्मा, अग्नि इन्क्र्पोरेटेडका प्रबन्ध निर्देशक – सुसन श्रेष्ठ, अग्नि ग्रुपका कार्यकारी निर्देशक – अर्जुन प्रसाद शर्मा, अग्नि ग्रुपका उपाध्यक्ष – वेदा सताशा श्रेष्ठ, क्षेत्रीय प्रबन्धक (नेपाल, भुटान र बंगलादेश), महिन्द्रा एण्ड महिन्द्रा ( चैतन्य कगलकारद्वारा महिन्द्रा एण्ड महिन्द्रा तथा अग्नी ग्रुपका प्रतिनिधिहरुका साथसाथै अन्य माननीय अतिथि र ग्राहकवर्गहरुको उपस्थितिमा सामूहिक रुपमा गरिएको थियो ।

यस ४५–पोईन्ट चेकअप क्याम्पमा फ्रि लेबर चार्ज, फ्रि वाशिंग, फ्रि हेल्थ चेकअप, म्याक्सिमाईल लुब्रिकेन्ट्समा १०% छुट, स्पेयर पार्टसमा ५०% सम्मको छुट, १०% विस्तारित छुट कुपनका साथसाथै अन्य उपहारहरु को पनि लाभ लिन सकिनेछ ।

महिन्द्राका ग्राहकवर्गले नेपाल अधिराज्यभरि रहेका महिन्द्राका आधिकारिक सर्भिस सेन्टरमा गई यस केयर फेस्टमा सहभागी हुन सक्नेछन् । महिन्द्राले आफ्ना सेवाग्राहीलाई थप सेवासुविधा प्रदान गर्ने उद्देश्यका साथ हरेक वर्ष आयोजना गर्दै आईरहेको केयर फेस्टमा यसपटक पनि अघिल्ला वर्षहरुमा झैँ ग्राहकहरुको उल्लासमय सहभागिता रहने अपेक्षा गरिएको छ । यो फेस्ट फागुन २३ गतेसम्म चल्नेछ ।

साथै अग्नि ग्रुपको सहायक कम्पनी अग्नि आस्था प्रा ली ले यसै केयर फेस्टमा महिन्द्राका कुनै पनि गाडी खरिद तथा बिक्रि वा एक्सचेन्ज गर्ने सुबिधा पनि ल्याएको छ । साथै महिन्द्राका सर्टिफाइड प्रि(वन्ड गाडी खरिद गर्नु परेमा आकर्षक अफर पनि ल्याएका छ । यो सेवा काठमाडौँ, भैरहवा , इटहरी पोखरा र चितवन शाखाहरुमा उपलब्ध छ ।


प्रतिक्रिया दिनुहोस्