म्याक लुब्रिकेन्ट्सको महिला राइडर्स र्‍याली « Arthapath.com
२६ फाल्गुन २०८१, सोमबार

म्याक लुब्रिकेन्ट्सको महिला राइडर्स र्‍याली



काठमाडौं । म्याक लुब्रिकेन्ट्सले “एक्सेलेरेट एक्सन: हर डे , हर वे“ नामक शीर्षकमा महिला राइडर्सको भेटघाट र र्याली कार्यक्रमको आयोजना गरेको छ ।

अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोजित उक्त कार्यक्रम सिप्रदी ट्रेडिङको थापाथली कार्यालयबाट आरम्भ भई ललितपुरको सातदोबाटोमा रहेको स्वीमिङ कम्प्लेक्समा पुगी सम्पन्न भएको थियो ।

सिप्रदी ट्रेडिंग भारत पेट्रोलियम द्वारा उत्पादित म्याक लुब्रिकेन्ट्सको नेपालको लागि एक मात्र अधिकारिक बिक्रेता हो ।

राइडर्स र्यालीको उद्घाटन सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत (सीइओ) राजन बाबु श्रेष्ठ, सीओओ राजेश प्रसाद गिरी, उपाध्यक्षसौरव राज थपलिया, ल्युब डिपार्टमेन्ट प्रमुख दिनेश केसी र भारत पेट्रोलियमका कन्ट्री हेड मिहिर ज्योति दत्ताद्वारा झण्डा फहराएर सम्युक्त रुपमा गरेका थिए ।

र्यालीमा सुरक्षा केसी र वर्षा बस्नेत जस्ता लोकप्रिय इन्फ्लुन्सर तथा राइडर्स लगायत विभिन्न क्षेत्रका उर्जावान महिलाहरुको सहभागिता थियो। सहभागी राइडर्स र खेलका (र्याली कार्यक्रमको दौरान आयोजित) विजेताहरूलाई प्रमाणपत्र वितरण गरी र्यालीको समापन भएको थियो।

कार्यक्रमको मुख्य उद्देश्य विशेषतः युवा महिला राइडर्सलाई जीवनमा अगाडि बढ्न रोचक ढंगले प्रेरणा दिई फोरटी स्कूटेक एनएक्सटी र फोरटी एनएक्सटी जस्ता म्याक ब्राण्डका उच्च गुणस्तरयुक्त उत्पादनबारे ग्राहक सचेतना बढाउनु थियो ।

फोरटी स्कूटेक एनएक्सटीके कम घर्षणको साथ सहज एक्सेलेरेशन, कम इन्धन खपत जस्ता सुविधाको प्रत्याभूति गर्दछ। यसले इन्जिनलाइ सफा राखी क्षयीकरणबाट पनि रक्षा गर्दछ ।

यसैगरी, फोरटी एनएक्सटीले एयर–कुल्ड इन्जिनहरूलाई उच्च तापक्रममा सुरक्षित राखी गियर परिवर्तनको कार्यलाई सजिलो र छरितो बनाउन मदत गर्छ। यति मात्र होइन यस उत्पादनले क्लचको समस्यालाई निराकरण गरी इन्जिनलाइ क्षयीकरणबाट जोगाउछ ।


प्रतिक्रिया दिनुहोस्