१७औं संस्करणको ‘नाडा अटो शो’ आगामी भदौ ३ देखि ८ गतेसम्म, स्टल बुकिङ्गका लागि रजिष्ट्रेशन खुल्ला « Arthapath.com
२७ फाल्गुन २०८१, मंगलवार

१७औं संस्करणको ‘नाडा अटो शो’ आगामी भदौ ३ देखि ८ गतेसम्म, स्टल बुकिङ्गका लागि रजिष्ट्रेशन खुल्ला



काठमाडौं । नाडा अटोमोवाइल्स् एशोसिएशन अफ नेपालले आगामी भदौमा १६औं संस्करणको ‘नाडा अटो शो २०२५’ आयोजना गर्ने भएको छ ।

नाडाले आगामी भाद्र ३ देखि ८ गतेसम्म काठमाण्डौंको भृकुटीमण्डप प्रदर्शनी स्थलमा अटो शो आयोजना गर्ने भएको हो ।

उक्त प्रदर्शनीको लागि यही फागुन २७ देखि चैत्र ४ गतेसम्म स्टल बुकिङ्गका लागि रजिष्ट्रेशन खुल्ला गरिएकोे नाडाले जनाएको छ ।

प्रदर्शनीमा भाग लिने सम्बन्धी गरिएको सर्वेक्षणको आधारमा स्टलका लागि अत्याधिक माग भएकाले विगतका संस्करणहरु जस्तै यस वर्ष पनि गोला प्रथाद्वारा नै स्टल उपलब्ध गराइने छ ।

प्रदर्शनीमा २–पाङग्रे, ३–पाङग्रे, ४–पाङग्रे, लाइट कमर्शियल, अटो कम्पोनेन्ट्स् एवं ग्यारेज उपकरणहरु लगायत वित्तिय संस्था र इन्स्योरेन्सलाई समुह अनुसार छुट्टाइएको हुँदा सोही अनुरुप रजिष्ट्रेशन गर्न मिल्ने व्यवस्था मिलाइएको छ ।

नाडा अटो शो २०२५ को सन्दर्भमा भारत र चीन लगायतका अटोमोवाइल कम्पनीहरुबाट समेत जानकारी माग भइरहेकोले गत बर्षहरुको तुलनामा यस बर्ष छिटै रजिष्ट्रेशन खुल्ला गरिएको हो ।

सवारी साधन क्षेत्रमा संलग्न उद्योगी, व्यवसायी, कर्मचारी एवं आम उपभोक्ताहरूलाई यस नाडा अटो शो २०२५ ले सकारात्मक उर्जा एवं नविनतम् प्रविधिहरुको साक्षात्कार गराउने आयोजक नाडाले विश्वास लिएकोे छ ।


प्रतिक्रिया दिनुहोस्