साढे १६ अर्ब बढीको ७ हजार विद्युतीय गाडी आयात, कस्ता इभि नेपाल भित्रिरहेका छन् ? « Arthapath.com
७ चैत्र २०८१, बिहीबार

साढे १६ अर्ब बढीको ७ हजार विद्युतीय गाडी आयात, कस्ता इभि नेपाल भित्रिरहेका छन् ?



काठमाडौं । ९ महिनामा सात हजार बढी विद्युतीय सवारी (कार, जीप र भ्यान ) नेपाल भित्रिएका छन् ।

भन्सार विभागले हालै प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८१–८२ को फागुन मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो । समिक्षा अवधिमा १६ अर्ब ६४ करोड ३२ लाख रुपैयाँ बराबरको विद्युतीय सवारी आयात भएका हुन् ।

सो अवधिमा ७ हजार ८० वटा इभि नेपाल भित्रिएका छन् । यो गत आवको सोही अवधिको तुलनामा भने १०.०२ प्रतिशत बढी हो । गत आवको फागुन मसान्तम्ममा पनि १५ अर्ब ८१ करोड ९७ लाख रुपैयाँ बराबरको ६ हजार ४३५ वटा इभि आयात भएका थिए ।

हाल नेपालमा चीन, भारत, कोरिया, जर्मनी, कोरिया र अमेरिका लगायतका मुलुकबाट इभि आयात गर्दै आएको छ । फागुन महिनामा मात्रै ८२४ वटा इभि आयात भएको विभागले जनाएको छ । गत माघ मसान्तसम्ममा भने १४ अर्ब ७५ करोड ३ लाख रुपैयाँ बराबरको ६ हजार २५६ वटा इभि आयात भएका थिए ।

विभागका अनुसार सबैभन्दा धेरै ५१ देखि १०० किलोवाटका इभिहरु आयात भएका छन् । समिक्षा अवधिमा ९ अर्ब ६९ करोड २२ लाख रुपैयाँ बराबरको ३ हजार ८७९ वटा इभि आयात भएका छन् ।

विभागका अनुसार ५० किलोवाट क्षमताका ४ अर्ब ५५ करोड ४३ लाख रुपैयाँ बराबरको २ हजार ५३१ वटा आयात भएका छन् । यस्तै, १०१ देखि २०० किलोवाटका २ अर्ब २८ करोड ९४ लाख रुपैयाँ बराबरको ६५४ वटा र २०१ देखि ३०० किलोवाट मोटर पिक वाला ९ करोड ८९ लाख रुपैयाँ बराबरको १४ वटा इभि आयात भएका छन् ।

नेपालमा चीनबाट सबैभन्दा धेरै इभि आयात हुने गरेको छ । आठ महिनामा चीनबाट १३ अर्ब ८ करोड ६१ लाख रुपैयाँ बराबरको ५ हजार २६९ वटा इभि आयात भएका छन् । यो कुल इभि आयातको ७४.४२ प्रतिशत हुन् आउछ ।

यस्तै, भारतबाट ३ अर्ब ३२ करोड ३१ लाख बराबरको १ हजार ७७५ वटा इभि आयात भएका छन् । यता, अमेरिकाबाट पनि २ अर्ब १४ हजार, कोरियाबाट २ करोड ३ लाख बराबरको ३ वटा इभि आयात भएका छन् ।


प्रतिक्रिया दिनुहोस्