दोलखाको भिमेश्वर नगरपाकिा-९ स्थित सुर्के माविलाई नेपाल एसबिआई बैंकले दियो शैक्षिक सामग्री « Arthapath.com
२६ असार २०८२, बिहीबार

दोलखाको भिमेश्वर नगरपाकिा-९ स्थित सुर्के माविलाई नेपाल एसबिआई बैंकले दियो शैक्षिक सामग्री



काठमाडौं । नेपाल एसबिआई बैंकले दोलखाको भिमेश्वर नगरपाकिाल–९ स्थित सुर्के माध्यामिक विद्यालयमा शैक्षिक सामग्री प्रदान गरेको छ ।

बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सो विद्यालयमा अध्ययनरत सम्पुर्ण विद्यार्थीहरुका लागि स्कुल ब्याग तथा शैक्षिक सामाग्री प्रदान गरेको हो ।

कार्यक्रममा बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार देले सुर्के माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकलार्ई औपचारिक रुपमा उक्त सामाग्रीहरु हस्तान्तरण गरेका थिए ।

सो कार्यक्रममा बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत राम कुमार तिवारी, नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तिय अधिकृत राजेश कुमार पंडा, प्रमूख संचालन अधिकृत विकास आनन्द प्रमुख जोखिम तथा अनुपालन अधिकृत, विष्णुदेव यादव, प्रमुख कर्जा अधिकृत अर्जुन नेपाल, प्रमुख व्यवसाय प्रबर्धन अधिकृत रितेश अर्याल र बैंक तथा स्कुल समितिका अन्य उच्च पदाधिकारी र शिक्षकहरु समेतको उपस्थिति रहेको थियो ।

बैंकले शिक्षा क्षेत्रमा यस किसिमको कार्यक्रम समय समयमा गर्दै आइरहेको छ । हाल बैंकले १०० शाखा, २२ एक्सटेन्सन काउण्टर, ७ प्रदेश कार्यालय, १९ शाखारहित बैंकिङ सेवा, १२२ एटीएम र १ कर्पोरेट कार्यालय मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्