एनसीसी बैंक अवकाश कोषले वितरण गर्यो ९७ प्रतिशत लाभांश « Arthapath.com
२६ असार २०८२, बिहीबार

एनसीसी बैंक अवकाश कोषले वितरण गर्यो ९७ प्रतिशत लाभांश



काठमाडौं । एनसीसी बैंक अवकाश कोषले ९७ प्रतिशत लाभांश वितरण गरेको छ ।

कोषले गत असार मसान्तसम्मको संचित बचतबाट ९७ प्रतिशत रकम जम्मा ५ करोड ३३ लाख ८० हजार ३१ रुपैयाँ कोषमा सहभागी कर्मचारीलाई वितरण गरेको हो ।

एक सूचना निकाल्दै सोही अवधिमो संचित अवकाश कोषमा रहेको मौज्दातको १.२० प्रतिशत लाभांश रकम निजहरुको सम्वन्धित अवकाश कोष खाताहरुमा जम्मा हुने गरि वितरण गरिएको जनाएको छ ।

उक्त कोषले विगत वर्षहरुमा पनि आफ्नो संचित बचत रकमबाट आफ्ना बचतकतर्काहरुलाई लाभांश वितरण गर्दै आएको छ । यसका साथै सबै व्यक्तिगत संचयकर्ताहरुका लागि प्रत्येक वर्ष १५ हजार रुपैयाँसम्मको निःशुल्क औषधोपचार बीमा सविधा पनि प्रदान गर्दै आएको छ ।

एनसीसी बैंक अन्तर्गत राष्ट्र बैंक र आन्तरिक राजश्व विभागबाट स्वीकृति लिई विगत २० गतवर्ष छुट्टै युनिटको रुपमा कोष संचालित छ ।


कोषले देशभर रहेका आफ्ना १५६ शाखाहरु मार्फत संचयकोष, अवकाश कोष, उपदान कोष, संचित बिदा कोष लगायतका अन्य कोषहरुको खाता खोल्ने, संचित बचतको ९० प्रतिशसम्म कर्जा दिने, अवकाश पाएका कर्मचारीहरुका लागि संचित कोष रकम फिर्ता भुक्तानी दिने जस्ता कार्यहरु गर्दै आएको छ।


प्रतिक्रिया दिनुहोस्