कुमारी बैंकको सेयर कारोबार पुष १७ गते रोक्का हुने

काठमाडौं । कुमारी बैंकको सेयर कारोबार पनि पुष १७ गतेदेखि १५ दिनसम्म रोक्का हुने भएको छ ।
बैंकले सेयर कारोबार रोक्का गर्ने आग्रह गर्दै नेपाल स्टक एक्सचेञ्जलाई पत्र लेखेको हो । कुमारी बैंक र एनसीसी बैंक एक आपसमा मर्ज भएर पुस १७ गतेबाट कुमारी बैंकको नामबाट एकीकृत कारोबार सुरु हुँदैछ ।
‘धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९’ मा भएको व्यवस्था बमोजिम सेयर कारोबार रोक्का गर्न लागिएको हो ।
