गैर बैंकिङ सम्पत्ति र खराब कर्जा व्यवस्थापनका लागि सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गरिने

काठमाडौं । सरकारले दोस्रो वित्तीय क्षेत्र विकास रणनीति लागू गर्ने भएको छ ।
शुक्रबार आगामी आर्थिक बर्ष २०८२-८३ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडलले यस्तो जानकारी गराएका हुन् ।
बैंकिङ तथा वित्तीय संस्थाको गैर बैंकिङ सम्पत्ति र खराब कर्जा व्यवस्थापनका लागि सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गरिने बताए ।