मर्जरमा खटपट सुरु « Arthapath.com
११ भाद्र २०७६, बुधबार

मर्जरमा खटपट सुरु




एनएमबीले विश्वमोहनलाई नलिने पक्का
बुद्धि मल्ल सिनियर म्यानेजरमा एडजष्ट हुने

काठमाडौं । एनएमबी बैंकले गाभ्न लागेको ओम डेभलपमेन्ट बैंकको सिईओ विश्वमोहन अधिकारीलाई नलिने पक्का भएको छ । ओमका डेपुटी सिईओ रहेका बुद्धि मल्ललाई भने सिनियर म्यानेजरमा थन्क्याउने एनएमबीको तयारी छ ।
मर्जरको एमओयूको समयमा विश्वमोहनलाई डेपुटी सिईओ दिने र ओमका डेपुटीलाई एजिएम दिएर सबै कर्मचारी एडजष्ट गर्ने एनएमबीले बचन दिएको थियो । अहिले अन्तिम समयमा एनएमबिले स्टाप एडजष्टमा कुरा फेरेको ओमको आरोप छ । यही भदौ महिनाभित्र एकिकृत कारोवारको तयारीमा रहेको ओम र एनएमबी विच कर्मचारी समायोजनमा कुरा नमिलेपनि लम्बिने संभावना छ ।
एनएमबीले ओमका अस्थाई कर्मचारी म्यासेन्जर र गार्डलाई पनि समायोजन नगर्ने बताएको छ । पहिले सबै कर्मचारु एडजष्ट गर्ने बताएको एनएमबीले कुरा फेरेपछि ओमका संचालक र कर्मचारी रुष्ट बनेका छन । ओमका सबै कर्मचारीलाई एक तह घटुवामा एनएमबीले समायोज गर्न लागेको हो । ओमका सिईओ विश्वमोहन अधिकारीको कार्यकाल करिव ६/७ महिना बाँकी छ । उनले बैंक मर्जमा जानेभएपछि एजिएममा नजाने बताइसकेका छन । उनलाई भिआरएसमा विदा गर्ने एनएमबीको तयारी छ । २३ वर्ष बैंकिङ गरेका अधिकारी प्राध्यापक समेत हुन । उनि पोखरामा अर्थसास्त्र पढाउँछन ।
बणिज्य बैंकमा पनि काम गरेका बुद्धि मल्ल १७ वर्ष बैंकिङ गरेका छन ।


प्रतिक्रिया दिनुहोस्