उमेरहद लगाएरै छाडिन्छ ः गर्भनर « Arthapath.com
१२ भाद्र २०७६, बिहीबार

उमेरहद लगाएरै छाडिन्छ ः गर्भनर



ह्वील चियरमा बसेर बैंक चलाउने दिन गए


काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जीवि नेपालले राष्ट्र बैंकले हालै जारी गरेको बैंक संचालक तथा प्रमुख कार्यकारी अधिकृतलाई जारि गरिएको उमेरहद लागु गरेरै छोड्ने बताएका छन । उनले राष्ट्र बैंकका विरुद्ध हारगुहार नमाग्न समेत बैंक संचालक र सिईओहरुलाई आग्रह गरे ।
गर्भनर नेपालले संसारमा केन्द्रीय बैंकले ल्याएका कुनैपनि निती असफल नभएको भन्दै आफुहरुले पनि उमेर हद धेरै अध्यायन गरेर ल्याइएको बताए । उनले सिईओ र संचालकहरुलाई निकृष्ठ नबन्न समेत आग्रह गरे । आफ्नो प्राइभेट विजनेश एउटा निष्चीत उमेरपछि छोरा छोरीलाई जिम्मा लगाउने अनि पव्लिकको पैसामा रजाँईचाँही जति वर्ष पनि गर्न पाइन्छ भन्ने सोच नराख्न आग्रह गरे ।
बैंकहरुमा प्रमोटरको पैसा ८ दसमलव ६ प्रतिसतमात्रै रहेको बताउँदै गर्भनर नेपालले ३२ सय ३५ अर्व त पव्लिकको पैसा हो भन्ने बुझ्न आग्रह गरे । उनले ह्वील चियरमा बसेर बैंक चलाउने दिन गए भन्दै पुर्नबहाली हुन अनेक सोर्स नलगाउने आग्रह गरे । भर्गनर नेपालले आफु राष्ट्र बैंकमा आउँदा कतिपय ल्याप्चे संचालक थिए, भन्दै ‘अहिले धेरै करेक्सन गरें केन्द्रीय बैंकले जे चाह्यो त्यै हुन्छ रोइ कराइ नगर्नुहोस ।ʹ
भदौ १२ गते विहिबार नेशनल बैंकिङ ट्रेनिङ इन्ष्टीच्यूटले गरेको संचालक शिक्षा कार्यक्रममा गर्भनर नेपालले जतिपनि बैंक वित्तिय संस्थामा संचालककले मनोमानी गर्दा समस्या आएको बताए । उनले राष्ट्र बैंकले एउटा विभागनै खडा गरेर समस्याग्रस्त संस्थालाई सुधारउन्मुख बनाएको बताउँदै अव तपाईहरुलाई कुनै गल्ति गर्न छुट छैन भने ।
कार्यक्रममा नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष ज्ञानेन्द्र ढुङ्गानाले बैंकहरुले अत्यधिक ग्रोथ खोज्दा लिकुडिटीको समस्या आएको बताए । एनबिआईका अध्यक्ष लक्ष्मि प्रपन्न निरौलाले राष्ट्र बैंकले ल्याएको हरेक निर्देशनको तत्काल विरोध नेपालमा मात्रै हुने गरेको बताए । उनले अझै संचालकले कर्जा स्वीकृत गर्ने गरेको बताए ।


प्रतिक्रिया दिनुहोस्