कार्ड ह्याक भएपछि राष्ट्र बैंकले आजदेखी एटिएमबाट निकाल्न मिल्ने पैसाको सिमा घटायो « Arthapath.com
२० भाद्र २०७६, शुक्रबार

कार्ड ह्याक भएपछि राष्ट्र बैंकले आजदेखी एटिएमबाट निकाल्न मिल्ने पैसाको सिमा घटायो



काठमाडौं । नेपाल राष्ट्र बैंकले एटिएमबाट निकाल्न मिल्ने पैसाको सिमा घटाएको छ । आज शुक्रबारदेखी नै एटीएमबाट निकाल्न मिल्ने रकमको सीमा घटेको छ । शनिबार चिनियाँ ह्याकरले नक्कली भिसा कार्ड बनाई विभिन्न बैंकको एटीएम कार्डमार्फत् करोडौं रुपैयाँ लुटेको केही दिनमै राष्ट्र बैंकले एटीएमबाट निकाल्न मिल्ने रकमको सीमा घटाएको हो ।
राष्ट्र बैंकले बिहीबार एक सर्कुलर जारी गर्दै अब एक एटीएमबाट एक दिनमा ६० हजार रुपैयाँ र एक पटकमा २० हजार रुपैयाँमात्रै निकाल्न सकिने जनाएको छ । यसअघि एक दिनमा १ लाख रुपैयाँ र एक पटकमा २५ हजार रुपैयाँसम्म निकाल्न सकिन्थ्यो ।
नेपाल राष्ट्र बैंकले शुक्रबारदेखी लागु हुनेगरी सो निर्देशन जारी गरेको हो । अव आज शुक्रबारदेखी एटिएमबाट निकाल्न मिल्ने पैसाको सिमा घटाइएको राष्ट्र बैंक भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक बमबहादुर मिश्रले जनाए । अव एटीएमबाट न्यूनतम ५०० रुपैयाँ मात्रै झिक्न मिल्छ ।


प्रतिक्रिया दिनुहोस्