मर्जरमा एग्रसिभ बन्दै प्राइम बैंक कन्काईलाई अक्वायर प्रश्चात प्राइम बैंकको चुक्ता पुँजी ९ अर्व ६८ करोड पुग्यो « Arthapath.com
२९ भाद्र २०७६, आईतवार

मर्जरमा एग्रसिभ बन्दै प्राइम बैंक कन्काईलाई अक्वायर प्रश्चात प्राइम बैंकको चुक्ता पुँजी ९ अर्व ६८ करोड पुग्यो



काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक वित्तिय संस्थाको संख्या घटाउने निती लिएसँगै प्राइम बैंक भटाभट मर्जरमा अगाडी बढेको छ । केही समयअघि ललितपुर फाइनान्सलाई प्राप्ती गरेसँगै आज कन्काई विकास बैंकलाई पनि प्राप्ती गरेको हो । प्राइम बैंक मर्जरमा एग्रसिभ बन्दै गएको छ । उसले छिट्टै राष्ट्रिय स्तरको कैलाश विकास बैंकलाई प्राप्ती गर्ने तयारीमा छ ।
प्राइम कमर्सियल बैंक लिले कन्काई विकास बैंकलाई प्राप्ती गरेको छ । बैंकले आइतबार एक समारोह बीच एकिकृत कारोवार सम्पन्न गरेको छ । कार्यक्रममा प्राइम बैंकका अध्यक्ष राजेन्द्रदाश श्रेष्ठले कन्काई विकास बैंक लिमिटेडलाई प्राप्ति पश्चातको एकीकृत कारोबार शुभारम्भ गर्नुभयो । बैंकका अध्यक्ष राजेन्द्र दाश श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत नारायण दास मानन्धर तथा दुवै बित्तिय संस्थाका संचालकहरु र बैंकका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
बैंकले बिभिन्न बित्तिय संस्थाहरुलाई मर्जर÷प्राप्ति समेत गरी आफ्नो पूँजी बढाउने योजना अन्र्तगत कन्काई विकास बैंक लिमिटेडलाई प्राप्ति गरिएको बैंकले जनाएको छ । यी दुई बैंकहरुको प्राप्ति पश्चात बैंकको चुक्ता पूँजी रु. ९.६८ अर्ब पुगेको छ भने निक्षेप रु. ८८.०३ अर्ब तथा कर्जा ८०.२८ अर्ब पुगेको छ । प्राप्ति पश्चात बैंकको कुल शाखा संख्या ९५ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्