प्रोफेसनल मान्छेहरुको सधैं खल्तिमा राजिनामा पत्र भैराख्छ « Arthapath.com
६ पुष २०७६, आईतवार

प्रोफेसनल मान्छेहरुको सधैं खल्तिमा राजिनामा पत्र भैराख्छ



म यो बैंकबाटै बैंकिङ क्यारिअर गुड प्वाइन्टमा अन्त्य गर्न चाहन्छु ।

पसुराम कुँवर क्षेत्री, सिईओ, ग्लोवल आईएमई बैंक लि.

बुधबार सदाझै निक्कै व्यस्त देखिन्थे पसुराम कुँवर क्षेत्री । नेपालकै सबैभन्दा ठुलो बैंकको सिईओ भएकाले होला आजकाल उनको व्यस्तता निक्कै बढेको छ । नेपाल बैंकिङ क्षेत्रमा साँढे तिन दशक विताएका क्षेत्रीलाई कर्मले डो¥याउँदै सबैभन्दा ठुलो बैंकको सिईओ बनाएको छ । नेपालमा बैंकको संख्या धेरै भएको भनेर बेलाबेलामा मिडियामा बोलिरहने क्षेत्री आफै ठुलो बैंकको पहिलो सिईओ बन्न सफल भएका छन । नेपाल बैंकिङ क्षेत्रबारे गहिरो अध्यायन गर्ने उनि साविक जनता बैंकको सिईओ थिए । हालै ग्लोवल आईएमई बैंकको सिईओ बनेका क्षेत्री सामु बैंकको साखा र कर्मचारी मिलानमै व्यस्त छन । बुधबार धेरै व्यस्तताका बावजुत सेयर बजारसंग अलि खुलेरै कुरा गरे उनले । भलाद्मी बैंकरको परिचय बनाएका कुँवरसँग गरेको कुराकानीको सारसंक्षेप ः–

बैंकको साखा धेरै भए अझै विकास बैंकको समेत सयभन्दा बढी साखा पुगे । डिजिटल बैंकिङमा जानेतिर छाडेर यतीधेरै साखा चाहिएला र ?
साखाले डिजिटल बैंकिङबारे सिकाउने काम गर्छ अव । भारतमा आसिआईसि बैंकको डिजिटल बैंकिङको ट्रान्जेक्सन ८२ प्रतिसत थियो । एटिएम ट्रान्जेक्सन १४ प्रतिसत । यो डाटा पनि साँडे २ वर्ष अगाडीको हो । उसको साखाबाट हुने कारोवार ४ प्रतिसत हो । अहिले त्यसमा पनि घट्यो होला । अहिले हाम्रो म्यानपावर अधिकांस त्यै चेक झिक्ने चेक राख्नेमै गएको छ । अव कर्मचारीले कष्टमरलाई मोवाइल बैंकिङ यसरी चलाउने, टपअफ यसरी चलाउने हो, व्यालेन्स ट्रान्फर यसरी गर्ने हो भनेर सिकाउनमै लगाउने हो । हामी सबैलाई थाहा छ ग्रामिण अर्थतन्त्रको सुधार नभइ देशको सुधार हुँदैन ।

ग्लोवल आईएमईकै कोर क्यापिटलनै २४ अर्व छ, अव ठुलो मल्टिपल बैंकिङमा जानुपर्ने होइन र ?
हाम्रो बैंकको कुरा गर्नुभयो भने अझै पनि ठुला लोनहरु जसलाई हामी कर्पोरेट लोन भन्छौं । ३८ प्रतिसत कर्पोरेट ठुला लोन छ भने ६८ प्रतिसतजती एसएमईमा छ । यतीधेरै व्यालेन्स पोर्टफोलियो हाम्रो मात्रै छ त म भन्दिन । एकदम कम बैंकको होला यस्तो ।

नेटवर्क ठुलो भैसकेपछि लोन सेल गर्ने क्रेडिट सेल गर्ने अवधारणमा आउन सकिन्न र ?
सकिन्छ नसकिने होइन । धेरै वर्ष अगाडी म स्टाडर्ड चाटर्ड बैंकमा हुँदा च्यानल फाइनान्सीङ भन्ने प्रोडक्ट सिटि बैंककले निकालेको थियो भारतमा त्यो भारतमा निक्कै चलेको छ अहिले सबै बैंककले गर्छन । हामीले याहाँ पनि डिलर फाइनान्सीङको अवधारणा ल्याउँदा त्यो विक्री गर्न सकेनौं ।

साखा खोलेरै उपस्थिती जनाउनुभन्दा अरु टेक्नोलोजिमा लगानी गरेर अरु मार्फत पुग्न सकिन्छ होला नि ?
एकदमै अवको जमान टेक्नोलोजीकै हो । हामीले पनि टेक्नोलोजीलाई फोकस गर्ने मेकानिजम बनाएका छौं । सिङ्गल गेटव सरकारले ल्याउने भनेको छ । राष्ट्रिय परिचयपत्रका कुराहरु सरकारले भनेकै छ आउँला । भारतमा आधार कार्ड सिङ्गल गेटवे हो । भारतमा डिजिटाइजेसन ह्वात्तै बढ्यो । चिल्ला हाइवे बनाइनिेहो भने गाडी चढ्ने मान्छेको खाँचो हुन्छ । भारतियले हाइवेमात्रै बनाएनन् नोटवन्दीको माध्यामबाट गाडी चढ्न बाध्य पनि बनाए । क्यासनै छैन । डिजिटल च्यानलबाट पेमेन्ट गर्न सबै बाध्या भए । हामीले पनि सिक्नको लागी धेरै टाढा जानुपर्दैन । हिजोसम्म त डिजिटाइजेसनमा पाकस्थान अगाडी हो नि । अहिले भारतले उछिन्यो ।

हामीकहाँ डिजिटाइजेसनको लागी कष्टमरको नलेज छैन, त्यसमा बैंकहरुको लगानी भएकै छैन । नेपालमा कार्ड आएको २० वर्ष भयो अझै ८० प्रतिसतले कार्ड चलाउन जान्दैनन् नि ?
एटिएमले त क्यासलाई नै इन्करेज गर्छ । म एटिएमको विग फ्यान होइन । सपिङ मलहरुमा एटिएम मेसिन राख्ने अनि ग्राहाकले एटिएमबाट पैसा झिक्ने सपिङ गर्ने त्यो जरुरी नै छैन । पसबाट पेमेन्ट गर्ने बानी पार्नुप¥यो । यसमा जागरण ल्याउनु जरुरी छ । अव त कार्ड पनि होइन मोवाइल बैंकिङ । मोवाइलबाटै तरकारी बेच्ने ठेलावालालाई पेमेन्ट गर्न सकिनुप¥यो । मोवाइल बैंकिङलाई बढाउन सक्यौं भने सरकारको नोट छाप्ने खर्च पनि घट्छ । तपाईको पर्स भनेकै मोवाइल हो अर्को पर्स किन बोक्नुप¥यो ।
राष्ट्र बैंकले क्रान्तिकारी रुपमा १० हजार भन्दा बढी राख्न पनि झिक्न पनि नपाइने भन्ने निती ल्याएमा मान्छे बाध्य भएर मोवाइल ट्रान्जेक्सनमा जान्छन । भारतमा अहिले जे किन्नु परे पनि मोवाइलबाटै गर्छन । केही समयलाई गाह्रो हुनसक्छ । भारतमा पनि केही समय आलोचना भयो । आलोचना खपेर गर्नुपर्छ । बानी बसाउनुप¥यो । क्यास ट्रान्जेक्सन घटाउने हो भने नोट छाप्ने खर्चमात्रै होइन भ्रष्टचार पनि घट्छ । ट्रान्सफरेन्स हुनुभयो भने न तपाँईलाई निन्द्रा लाग्छ । अपारदर्शी हुनुभयो भने निन्द्रा त हराम हुन्छ ।

सर त सानो १ अर्वको बैंक हुँदै ठुलो बैंककको सिईओ हुनुभयो नि ?
१ अर्वको सिटिजन्स बैंकबाट नेतृत्व लिएको हो । सिटिजन्समा म दोस्रो नंबरमा थिएँ राजनसिंह भण्डारी पहिलो नंबरमा थिए । २ अर्वबाट अहिले पेडअप नै १९ अर्वको बैंक बन्यो ग्लोवल आइएमई बैंक । सुरुमा मर्जर भएकै दिनमा मैले आफुलाई एकदमै गह्रौं फिल गरेको थिएँ । मर्ज किन हुनुपर्छ भनेर मैले वकालत नै गरेँ । मर्ज हुनुपर्छ भन्दा कतिले मलाई राष्ट्र बैंकको प्रवक्ता पनि भने । मैले मेरो बोर्डलाई पनि कन्भिन्स गरेँ । मर्ज प्रश्चात मलाई एकदमै भारी फिल भएको थियो अहिले हल्का हुँदै गएको छ । सबै सरोकारवालको एक्पेक्टेसन पुरा गछौं ।

साना बैंकहरु गाभ्दा कर्मचारीमा समस्या हुँदैन ?
यसका फाइदा र बेफाइदा दुबै हुन्छ । १८ ओटा बैंक मर्ज भएर ग्लोवल आईएमई बैंक बनेको हो । धेरैथरी कर्मचारीको संयोजन भयो । हामीमा साना साना लोन धेरै भए । ठुला लोन एउटा समस्यामा गयो भने बैंक हल्लिन्छ । यो बैंकको राम्रो पक्ष भनेकै स–साना एसएमई लोनमा फोकस छ । साना–ठुला बरोअरमा काम गर्ने तरिका एउटै हुँदैन नि । अव सबै कर्मचारीलाई सिकाउनुपर्छ ।

अव ठुलो बैंक भएपछि लिड गर्ने हिसावले मोडेल प्रोजेक्टमा ल्याउने कुरा होला नि ?
पहिलो त डिजिटाइजेसनमै जाने कुरा भयो । अर्को प्रोसेस इन्जिनियरिङ को कुरा भयो । अहिले गरिरहेको काम भन्दा छिटो छरितो हुनेगरी ग्राहाकलाई पनि छिटो छरितो हुने गरि प्रोसेस रि–इन्जीनियरिङ भनेर छुट्टै डिपाटमेन्ट खडा गरेका छौं । अव हामी खाता खोल्दा बायो मेट्रिक र रेटिना डिटेल लिइरहेका छौं । भविष्यको लागी यो डेटा जाहिन्छ । हामीले अर्को मुख्य कन्ट्रोल गर्ने भनेको इन्टरनल कन्ट्रोलमै हो । रिक्स त छ नि त्यसलाई कसरी व्यावस्थापन गर्न सकिन्छ भनेर हेरिरहेका छौं । हामीसंग पोलिसि प्रयाप्त छ तर कार्यन्वयनमा जान कर्मचारीलाई तालिम दिनुपर्छ । अडिट फङ्सनमा साविकको जनताभन्दा ग्लोवल बैंक टेक्नोलोजीमा अगाडी रहेछ ।

मेगा प्रोजेक्टमा फोकस छैन ?
त्यो त अवश्य यती ठुलो बैंक भैसकेपछि हिजो करोडमा कुरा गथ्र्यौं भने अहिले अरवमा कुरा गर्छौं । राम्रा खालको प्रोजेक्टको लागी २/४ अर्व लोन दिन सकस्या हुँदैन ।

तपाईको काम गर्ने तौर तरिका र ग्लोवलको बोर्डलाई हेरेर धेरैले सिईओमा धेरै समय टिक्दैनन् भन्छन नि ?
यो प्रश्न मलाई सोध्ने तपाई पहिलो व्यक्ति होइन । मैले आफ्नो सतप्रतिसत दिने हो र बाहिर शुभ–शुभ कुरा गर्नुस भन्ने हो । मेरो बैंकिङ क्यारिअरको अन्तिम एसाइमेन्ट नै हो । म यो बैंकबाटै बैंकिङ क्यारिअर गुड प्वाइन्टमा अन्त्य गर्न चाहन्छु । म आशावादी छु राम्रो गर्छु सबैले मलाई स्वीकार गर्नुभएको छ ।

कि रत्नराज बज्राचार्यजस्तो खल्तिमा राजिनामा राखेर बस्नुभएको छ रे ?
अव हेर्नुहोस प्रोफेसनल मान्छेहरुको संसारभरीनै खल्तिमा राजिनामा पत्र भैराख्छ । मेरो हकमा त्यस्तो नहोला । बैंकलाई सम्मानजनक सबैले राम्रो भन्ने बनाएर इज्जतकासाथ विदा हुन पाउँ । जनता बैंककै सिईओ नियुक्तीको डेट काउन्ट भएको छ । त्यस हिसावले अझै डेढ वर्ष बाँकी छ । मेरो ३ वर्ष उमेर बढेको छ संसदमा बाफिया पेस भएको छ । त्यसमा ६५ वर्ष उमेर हदको प्रावधान पनि छ । संसदबाट पास भएमा यो डेढवर्ष काम गर्न मिल्छ मैले ।


प्रतिक्रिया दिनुहोस्