निजी बैंकको फोर्टफोलियो धेरै हुनु सरकारी बैंकलाई नयाँ चुनौती हो « Arthapath.com
१२ माघ २०७६, आईतवार

निजी बैंकको फोर्टफोलियो धेरै हुनु सरकारी बैंकलाई नयाँ चुनौती हो



किरण कुमार श्रेष्ठ,

सिईओ, राष्ट्रिय वाणिज्य बैंक
राष्ट्रिय वाणिज्य बैंककले संभवत इतिहाँसमै पहिलोपटक सरकारलाई लाभांस दिन लागेको छ । शुक्रबार बैंक स्थापनको ५५ वर्षमा प्रवेस गरेको छ । आजभन्दा झण्डै ४ वर्ष अघि आफ्ना प्रतिस्प्रधिलाई पञ्छाउदै किरण श्रेष्ठ तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको आडभरोशामा सिईओ नियुक्ती भएका थिए । उनै श्रेष्ठले पनि सोचेका थिएनन् कि वाणिज्य बैंकलाई अहिलेको अवस्थामा ल्याउँछु भनेर । १२ प्रतिसत १ अर्व ८ करोड नगद सरकारलाई वाणिज्य बैंकले लाभांस दिने भएको छ । गत आवमा ५ अर्व ४ करोड मुनाफा गर्न सफल बाणिज्य बैंकको नाफा सबैभन्दा बढी हो । बैंकको ५५ वर्षे इतिहास र भावी रणनितीका विषयमा गरेको कुराकानीको सारसंक्षेप ः–

तपाँईले आफ्नो कार्यकाल सकिनु अघिनै सरकारलाई लाभांस खुवाउने हुनुभयो, यसको लागी के के गर्नुभयो ?
पहिलो कुरा त राष्ट्रिय वाणिज्य बैंकमा ऐतिहासिंक उपलव्धी भयो । यो बैंकले सरकारलाई लाभांस वितरण गर्न सफल भयो । लाभांस दिनको लागी बैंकले नाफा गर्नुपर्ने हुुन्छ । हाम्रो लगातार बढ्दो थियो तर गत वर्षको यस बैंकको नाफा अन्य बाणिज्य बैंकभन्दा सबैभन्दा बढी ५ अर्व ४ करोड गर्न सफल भयौं । हामीसँग डिभिडेन्ट दिनको लागी चाहिने सम्पुण आधारभुत कुराहरु पुरा भैसकेको छ ।

लाभांस दिन सुरु हुनु भनेको के अव बाणिज्य बैंक स्वस्थ्य र बलियो भएको हो ?
एकदमै बलियो र स्वस्थ्य भएको संकेत हो । अव यो लाभांस वितरणलाई स्थीतरता दिने हो । यो बैंकलाई अझै बलियो र स्वस्थ्य बनाउने काम बाँकी छ ।

लगभग डुव्यो भनिएको सरकारी बैंक नेपाल बैंक र राष्ट्रिय बाणिज्य बैंक दुबैले लाभांस दिए । सरकारी बैंकहरु बल्ल व्यावसायीक बनेका हुन ?
यो बैंक याहाँ आइपुग्नुमा कैही कारणहरु छन । हामीले बैंक यो अवस्थामा आइपुग्नुको आधार वर्ष भनेर २०५९/०६० लाई लिएका छौं । सो समयमा नेपाल बैंक र राष्ट्रिय बाणिज्य बैंकमा वित्तिय सुधार कार्यक्रम आइसकेपछि केही कुराहरुमा धेरै ठुलो सुधारहरु गरियो । त्यसबेला आन्तरीक नियन्त्रण प्रणालि खुकुलो थियो त्यसलाई बलियो बनायौं । अर्को कर्मचारी संख्या र कामको तालमेल थिएन । धेरै कर्मचारी बाणिज्य बैंकको लागी बोझिलो भएको थियो त्यसको लागी स्वेच्छिक अवकास योजना ल्याइयो । कर्मचारी जति चाहिने थियो त्यसमै सिमीत राख्ने काम ग¥यौं । तेस्रो अर्को हामीसँग भएको खराव कर्जाको दर थियो एनपिए घटाउने काम भयो । ५ वर्षमात्रै विदेशी व्यवस्थापनको नेतृत्वमा यि दुई बैंक चले त्यसपछिको व्यवस्थापनले सुधारका कार्यलाई निरन्तरता दिँदै आए । बाणिज्य बैंकको यो अवस्था एकै दिन एकै रात वा एकै वषमा आउको होइन यो कुरा सबैले सम्झनुपर्छ । हामी अहिले अन्य बेंकसंग प्रतिस्प्रधि, व्यावसायीक, धेरै क्षेत्रमा सुधारका काम गरेका छौं ।

काम अझै गर्न धेरै बाँकी छ भन्नुहुन्छ, तर तपाईको कार्यकाल त सकिनै लाग्यो नि ?
व्यक्ती नै सबैकुरा होइन । एउटा कुरा त हो पनि । संस्थाको निरन्तरताको लागी निती बनाउका छौं बलियो टिम खडा गरेका छौं । तलैसम्म प्रतिस्प्रधि भावनाको जाग्रित भएको छ । बाणिज्य बैंकले पनि अन्य बैंकसँग प्रतिस्प्रर्धा गर्न सक्छ भन्ने प्रमाणित भएको छ नि । हामीले बाटो खन्ने काम गरेका छौं मोटर गुडाउने काम मात्रै बाँकी छ अव ।

राष्ट्रिय बाणिज्य बैंकले सरकारको अर्वौ फण्ड निव्र्याजी चलाउन पाउँछ, तर पनि यसको पोर्टफोलियो अरु बैंक सरह नै छ नि ?
सरकारको फण्ड भएपनि हामीले परिचालन मात्रै गर्ने हो । निवृतिभरणमा हामी अर्वौ पैसा दिइराखेका हुन्छौं । सरकारको फण्डले गर्दा हामीलाई तरलताको समस्य छैन । सहज भएको पनि छ । हामी सरकारी फण्डलाई छुट्ट्याएर हेरौं न ।

फोर्टफोलियो निजी बैंकले जित्न लागिसके नि ?
अहिले निजी बैंकहरु मर्जरको क्रममा फोर्टफोलियो धेरै भएको हो । यो कुरा हामी जस्ता सरकारी बैंकलाई नयाँ चुनौती हो । हाम्रो बैंकको स्थानलाई कन्टिन्यु गर्न कसरी जाने विषयमा सोचेका छौं ।
सरकारी कोष नपाउने हो भने त बैंकको अवस्था कमजोर देखिएला नि ?
त्यस्तो हुँदैन, अझै बढि प्रतिस्प्रधि हुनुपर्ने हुन्छ । अलि बढि चुनौती छ ।

निजी बैंकको जस्तो सेवामा प्रतिस्प्रर्धाए गर्न किन नसकिएको ?
हामी बैंक तथा वित्तिय संस्था ऐन फाफियाद्वरा निर्देशित बाणिज्य बैंक हो । यसमा सरकारको स्वमित्व छ । हामीले सरकारको पनि नितीनियम मान्नुपर्ने हुन्छ । हामीले कष्टमरलाई स्तरीय सेवा दिनुपर्ने चुनौती छ । अर्को हामीहरुमा कर्मचारी भर्ना प्रक्रिया लोकसेवाबाट मात्रै हुन्छ । भनेको समयमा कार्मचारी नियुक्ती गर्न सकिएको छैन । हिजोका दिनमा म्यानुअल स्टमबाट म्यानुअलमा आयौं । हामीले विगतमा टेक्नोलोजिको दृष्टिले अझै सुधार गर्नुपर्ने जरुरी छ ।

तपाई कार्यकालको अन्त्यितिर हुनुहुन्छ, नियुक्ती हुने बेलामा गरेका वाचाहरु के के पुरा गर्नुभयो ?
निक्कै सान्दर्भिक प्रश्न सोध्नुभयो । म निष्चत सहमती सम्झौंता सहमती बोर्डसँग गरेर यस संस्थामा आएको हुँ । डिपोजिट, कर्जा लगानी, नाफा, नेट इन्टेष्ट इनकम लगायतका विषयमा मैले बोर्डसँग सम्झौता गरेको थिएँ । यी इण्डिकेटरहरुमा पहिले बनाएको भन्दा धेरै माथि छौं । साँढे ३ अर्व नाफा कमाउँछु भन्ने टार्गेड लिएर आउको थिएँ ५ अर्व प्लस भयो । कर्जा ८४ अर्व पु¥याउछु भन्ने थियो आज १ सय ५० अर्व पुग्यो । सबै इन्डीकेटरमा माथी छु । हामी सरकारले तोकेको २२ स्थाथिय तहमा पनि पुगिसकेका छौं । सरकारले लिएको निति सहुलियतपुर्ण कर्जाको नितीमा हामी अगाडी नै छौं । एक साखा एक एटिएम गरेका छौं २८ लाखको ग्रहाक संख्याबाट ४ लाख थप्न सिफल भयौं । पहिले एग्रिमेन्टमा नभएको तर कामको शिलशिलामा थप काम गरेको छु । यो सरकारको बैंक भएपनि बाणिज्य बैंक हो भन्ने भावनाको जागृत हुनुपर्छ । अव स्पार्ट आरविवि र क्लीन आरविवि बनाउनुपर्छ भनेर लाग्यौं । अव पुराना बुकहरु फाइलहरु झुत्रा कागज केही रहँदैन । त्यसैलाई हामीले क्लीन आरविबि भनेका हौं । अव वाणिज्य बैंक पुरानो फोहोरयुक्त हुँदैन । अर्को वाणिज्य बैंकलाई टेक्नोलोजीले स्मार्ट पनि बनाउनुपर्छ । अहिले योङ कर्मचारीको बाहुल्यता बढ्दो छ ।
अव तपाँईले गर्न बाँकी के के छन ?
काम गर्न थुप्रै बाँकी छन । अहिले हामीले देशभर १४ ओटा नयाँ आफ्नै कार्यालयको लागी अत्यधुनिक विल्डीङ बनाउँदै छौं । यी १४ ओटा विल्डिङ बनाउनुपर्ने फिजिकल काम नै भैहाल्यो । वाणिज्य बैंकको रिक्स म्यानेजमेन्ट र कम्प्लायन्समा सुधार गर्नुपर्ने थुप्रै कुराहरु छन । अर्को हामीसँग भएको आइटि स्टम पुरानो छ त्यसलाई अपगूेड गर्नुपर्ने जरुरी छ । साइबर सेक्यूरेटिजका कामहरु सुरु गरेका छौं त्यसलाई पुरा गर्नुपर्ने छ । क्यापिटल वृद्धि गर्नको लागी नयाँ क्यापिटल प्लान ल्याउनु जरुरी छ ।

आगामी कार्यकाल रिन्यू होला ?
त्यो कुरा मैले आफैले कसरी भनौं । सबैले मेरो कामको मुल्यङ्कन गरेका छन । सरकारले पनि नजिकबाट बैंकको फाइनान्सीयल इण्डीकेटरहरु हेर्ने जाँच्ने गरिहेको होला । मैले त तोकिएको दिनसम्मको कुरा गर्ने हो ।

तपाँईको नाम त गभर्नरको दौडमा पनि सुनिएको थियो नि ?
म लामो समय बैंकर भएको र पहिले राष्ट्रिय वाणिज्य बैंकबाट पनि गभर्नर भएको इतिहाँस छ । मेरो नाम बजारमा चर्चा हुनु स्वभाविक छ ।

वाणिज्य बैंकको आइपिओ कहिले आउँछ ?
बाफियामा सरकारको स्वामित्वमा राख्न सक्ने । ३० प्रतिसत पव्लिकमा नगए पनि हुने भन्ने अफसन पनि छ । सरकारी बैंक रहनुपर्छ र सरकारका निती कार्यक्रम छुट्टै ढंगले जानुपर्छ भन्ने कुरा पनि छ ।

आरविबि मर्चेन्ट बैंकिङको काम निकै सुस्त देखिन्छ किन महत्व नदिएको ?
महत्व दिएको हो । क्यापिटल मार्केटका अरु कम्पनीको तुलनामा हामी पछाडी नै छौं । भर्खरै नयाँ व्यवस्थापन नियुक्ती गरेका छौं अव नयाँँ ढंगले जान्छ ।

वाणिज्य बैंकले म्युचुअल फण्ड चलाउँदैन ?
म्युचुअल फण्ड र डिभेञ्चर दुबै आउँदैछ ।


प्रतिक्रिया दिनुहोस्