नेपाल बंगलादेश बैंकलाई राष्ट्र बैंकले किन गर्यो कारवाही ? « Arthapath.com
१९ माघ २०७६, आईतवार

नेपाल बंगलादेश बैंकलाई राष्ट्र बैंकले किन गर्यो कारवाही ?



काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपाल बंगलादेश बैंकलाई कारबाही गरेको छ । कृषिमा लगानी गर्न नसकेको भन्दै राष्ट्र बैंकले उक्त बैंकलाई ४ करोड रुपैयाँ जरिवाना तोकेको छ ।

राष्ट्र बैंकले प्राथमिकता प्राप्त क्षेत्रमा कूल कर्जाको २५ प्रतिशत अनिवार्य लगानी गर्नुपर्ने र जसमध्ये १० प्रतिशत कर्जा कृषि क्षेत्रमा लगानी गर्नुपर्ने रहेको छ । तर गत आर्थिक वर्ष २०७५÷०७६ मा नेपाल बंगलादेशले ९ प्रतिशत कर्जा पुर्याउन नसकेकाले नेपाल बंगलागदेश बैंक कार्वाहीमा परेको राष्ट्र बैंकले जनाएको छ ।

कुनैपनि बैंकले तोकिएको क्षेत्रमा कर्जा लगानी गर्न नसकेमा लगानी नभएको कर्जाको ब्याज बराबर जरिवाना तिर्नुपर्ने राष्ट्र बंैकले बताएको छ । सोहि अनुसार लगानी पुर्याउन नसकेको रकमको ब्याज बराबरको रकम राष्ट्र बैंकले जरिवाना तिराएको हो ।

चालु आर्थिक बर्षमा पुरा गर्ने बैंकको दावी

नेपाल बंगलादेश बैंकले गत आर्थिक वचालु आर्थिक बर्षमा पुरा गर्ने दावीर्षमा कृषिमा थोरै रकम नपुगेको दावी गरेको छ । अन्य प्राथमिकताप्राप्त क्षेत्रमा भने राष्ट्र बैंकले तोकिए अनुसारको लगानी भएको बैंकले बताएको छ । नेपाल बंगलादेश बैंकका प्रवक्ता सुरेश देबकोटाका अनुसार चालु बर्षमा कृषिमा तोकिएअनुसार लगानी गर्ने गर्ने बताउँछन् ।

र्षमा कृषिमा थोरै रकम नपुगेको दावी गरेको छ । अन्य प्राथमिकताप्राप्त क्षेत्रमा भने राष्ट्र बैंकले तोकिए अनुसारको लगानी भएको बैंकले बताएको छ । नेपाल बंगलादेश बैंकका प्रवक्ता सुरेश देबकोटाका अनुसार चालु बर्षमा कृषिमा तोकिएअनुसार लगानी गर्ने गर्ने बताउँछन् ।

चालु आर्थिक वर्षको ६ महिनासम्ममा तोकिएको लगानी पुरा भएको प्रवक्ता देबकोटाले जनाए । “गत बर्ष थोरै रकम नपुगेको हो” उनले भने “चालु बर्षमा पुरै पुग्ने छ, चालु बर्षको ५ महिनामा नै हामीले कृषिमा १० प्रतिशत पुर्याई सकेका छाँै ।” कान्तिपुर दैनिकबाट


प्रतिक्रिया दिनुहोस्