हिमालयन र एनबि बैंकमा कसको नाफा कति ? « Arthapath.com
२२ माघ २०७६, बुधबार

हिमालयन र एनबि बैंकमा कसको नाफा कति ?



काठमाडौं । बैंकहरुले चालु आवको ६ महिनाको धमाधम वित्तिय विवरण प्रकाशित गरिरहेका छन । पछिल्लो समय अव्वल ठहरिएको हिमालयन बैंकले आज वित्तिय विवरण प्रकाशित गरेको छ । हिमालयन बैंकले चालु आवको ६ महिनामा १ अर्व ७४ करोड २४ लाख नाफा कमाएको छ । भने नेपाल बंगलादेश बैंकले ८० करोड नाफा कमाएको छ ।
हिमालयन बैंकले गतवर्षको सोही अवधीको तुलनामा ३७ करोड नाफा बढाएको छ । हिमालयन बैंकको पौष मसान्तसम्ममा निक्षेप १ खर्व १२ अर्व रहेको छ भने ल्याण्डिङ ९७ अर्ब ७२ करोड ४ लाख रहेको छ । बैंकले कर्जा लगानी ५ अर्व बढाएको छ भने लगानी ३ अर्वमात्र बढाएको छ । हिमालयनको खराब कर्जा अनुपात १.२८ प्रतिशत छ । गत वर्षको पुस मसान्तको तुलनमा खराव कर्जा केही बढेको देखिन्छ । गतवर्षको सोही अवधीमा खराव कर्जा अनुपात १.२५ रहेको थियो । कर्जा अनुपात १.२५ प्रतिशत थियो ।
त्यस्तै नेपाल बंगलादेश बैंकले ८० करोड ७७ लाख नाफा कमाउँदा गतवर्षको सोही अवधीको तुलनामा जम्मा १ करोड ४४ लाखमात्रै बढाउन सफल भएको छ ।
बंगलादेश बैंकले पौष मसान्तसम्मा ६३ अर्व १२ करोड लगानी गरेको वित्तिय विवरणमा जनाइएको छ । बैंकको लगानी ५७ अर्ब ९३ करोड ४६ लाख रहेको छ । एनबी बैंकको खराव कर्जा अनुपात बढेको छ । गतवर्ष १.७८ रहेकोमा यो वर्ष केही बढेर १.९२ प्रतिशत पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्