समस्याग्रस्त संस्था कौडीको भाउमा कसकसले कसरी गाभे « Arthapath.com
२९ माघ २०७६, बुधबार

समस्याग्रस्त संस्था कौडीको भाउमा कसकसले कसरी गाभे



काठमाडौं । लामो समयदेखि समस्याग्रस्त रहेको वित्तीय सस्थाहरू केही सीमित समूहको कब्जामा पुगेका छन् । समस्याग्रस्तमध्ये अझै पनि केही कम्पनीको अवस्था उस्तै छ भने अधिकांश कम्पनी नयाँ समूहले सञ्चालनमा ल्याइसकेको छ । तर, नयाँ समूहले लगानी गरेका कम्पनी चलाउनुको सट्टा समस्याग्रस्त अवस्थाबाट फुकुवा गरी अर्काे राम्रो संस्थासँग मर्जर गराएर स्वाप रेसियोबाट कमाउने धन्दा सुरु भएको छ ।
हाल नेपाल सेयर मार्केट फाइनान्स र नारायणी विकास बैंकबाहेक अन्य समस्याग्रस्त संस्थाहरू नयाँ समूहले लगानी थपेर सञ्चालनमा ल्याइसकेका छन् । समस्याग्रस्त संस्थामा लगानी गर्ने अधिकांश समूह यसअघि नै अन्य बैंक तथा वित्तीय सस्थाका प्रवद्र्धकहरू नै हुन् । उनीहरूले समस्याग्रस्त संस्था कौडीको भाउमा खरिद गरी अन्य ठूला तथा राम्रा बैंकसँग गाभेर स्वाप रेसियोमा राम्रो फाइदा लिने गरेका छन् । मर्जरको फाइदा खानकै लागि अहिले समस्याग्रस्त संस्था किन्ने र गाभ्ने धन्दा पनि चलेको छ ।
केही समयअघि समस्याग्रस्त अवस्थाबाट मुक्त भएको कुबेर मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स कम्पनी नाम फेरेर सिटी एक्सप्रेस फाइनान्स बनेको थियो । सिटि एक्सप्रेस रेमिट सञ्चालन गर्ने समूहले सो फाइनान्समा लगानी गरेको थियो । तर, एक वर्ष नपुग्दै सो कम्पनी नेपाल इन्भेष्टमेन्ट बकंैसगँ मजर्र मा जाने सम्झौता गरिसकेको छ । प्रतिकित्ता २५ रुपैयाँमा किनेको सो फाइनान्सको सेयर इन्भेष्टमेन्टसँग गाभिदा ३० प्रतिशतमात्रै स्वाप रेसियो पाए पनि करिब डेढ सय रुपैयाँको हुने भएको छ । एकाध वर्षमै यति धेरै मुनाफा कुनै लगानीमा पनि पाउने अवस्था छैन ।
त् य स् त ै, केह ी महिनाअघिमात्रै ग्लोवल आइएमई बैंकमा हाथवे फाइनान्स गाभियो । समस्याग्रस्तरुपमा लामो समय रहेको अरूण फाइनान्स नै नयाँ समूहले किनेपछि बनेको हाथ्वे फाइनान्स हो । ग्लोवल आइएमई समूहकै लगानी रहेको हाथ्वे समूहले लगानी गरेको सो कम्पनीले लगानी गरेपछि अरूण फाइनान्स ब्यूतिएको थियो । शतप्रतिशत हकप्रद सेयर थपेर नाम परिवर्तन गरी हाथवे फाइनान्स बनेको सो कम्पनी पनि अन्ततः ग्लोवल आइएमई बैंक बनेर आयो । सस्तो मूल्यमा अरूण फाइनान्सको सेयर किनेका लगानीकर्ताले ग्लोवल बैंकको राम्रो सेयर पाए । स्वाप रेसियोमा पनि यस फाइनान्सले नसोचेको हिस्सा पाउनुमा एउटै समुहको लगानी हुनु नै मानिएको थियो ।
त्यस्तै गतबर्ष जेविल्स फाइनान्सलाई इन्भेष्टमेन्ट बैंकले एक्वाएर गर्नुमा पनि कुनै बिजनेस डिलभन्दा व्यक्तिगत अवसरको रुपमा हेरिएको थियो । जेविल्स फाइनान्सलाई गाभ्दा इन्भेष्टमेन्ट बैंकलाई कुनै प्रभाव परेको छैन । तर, सो मर्जरले लाभांशमा कर भने जोगाएको छ । त्यसकै ारण इन्भष्े टमने टल े पनु ः सिटी एक्सपसे्र लाई गाभ्ने निर्णय गरेको हो ।
यसबाहेक समस्याग्रस्त अवस्थामा रहेको वल्र्ड मर्चेन्ट फाइनान्स, क्यापिटल मर्चेन्ट फाइनान्स, जनरल फाइनान्स र सिनर्जी फाइनान्स पनि समस्याग्रस्त सूचीबाट हटिसकेका छन् । नेपालकै पहिलो फाइनान्स कम्पनी नेपाल फाइनान्स भने भर्खरै समस्यागस्त अवस्थाबाट ब्यूतिँदै छ । यसको सेयर कारोवार भर्खरै सुरु भएको छ ।
हाल समृद्धि फाइनान्सको नाममा कारोवार गरिरहेको वल्र्ड मर्चेन्ट फाइनान्समा घरजग्गा व्यवसायी भेषराज लोहनीको समूहको लगानी छ । उनको लगानी एनसीसी बैंक र सिभिल बैंकमा पनि रहेको देखिन्छ । ग्रिनहिल सिटी नामक ठूलो आवासिय परियोजना चलाइरहेका लोहनीले पनि सो फाइनान्स कुनै बाणिज्य बैंकसँग गाभेर राम्रो स्वाप रेसियोमा नाफा खाने रणनीति बनाएका छन् । यसका लागि उनले केही बैंकहरूसँग कुरा गरिरहेको बताइएको छ ।

गतवर्ष उद्योग बाणिज्य महासघका अध्यक्ष भवानी राणा र सदस्य प्रबलजंग पाण्डेको समूहले नयाँ लगानी गरेर खरिद गरेको क्यापिटल मर्चेन्ट फाइनान्स सिटिजन्स बैंकमा गाभिने लगभग तय भएको छ । पाण्डे हाल सिटिजन्स बैंकका सञ्चालक हुन भने उनका भाई प्रतापजंग पाण्डे सिभिल बैंकका सञ्चालक एवं मर्जर कमिटीका सदस्य छन् । क्यापिटल मर्चेन्ट एन्ड बैंकिङ फाइनान्स पनि २०६९ देखि समस्याग्रस्त छ ।
यस कम्पनीमा भवन भट्ट समूहले चासो देखाए पनि राणा र पाण्डे समुहले लगानी गरेको थियो । सिटिजन्स बैंकमा हाल अध्यक्ष बनेका पूर्वसीईओ राजनसिंह भण्डारी बिग्रेका साना कम्पनीहरूलाई राम्रो स्वाप रेसियो दिँदै गाभेर व्यक्तिगत फाइदा खानमा माहिर मानिन्छन् । यसअघि उनले पिपल्स फाइनान्स
र नेपाल हाउजिङ फाइनान्सलाई पनि त्यही नियतका साथ गाभेका थिए । अहिले क्यापिटल फाइनान्स गाभ्ने कुरामा पनि आन्तरिक डिल भैरहेको बुझिन्छ । आपूmले गाभिने कम्पनीको राम्रो परिमाणमा सेयर सस्तोमा किन्ने र आफ्नो कम्पनीसग राम्रो स्वाप रेसिउयोमा गाभेर फाइदा खाने धन्दा लामो समयदेखि चलिरहेको छ ।
ग्लोवल आइएमई बैंक, सिटिजन्स बैंकजस्ता सस्थाले सस्ता, कुनै विजनेस नभएका र आवश्यक नै नपरेका सस्था गाभ्नुको औचित्य केही सञ्चालकको व्यक्तिगत फाइदाका लागि भन्दा बाहेक अरू कुरामा देखिन्न । उता समस्याग्रस्त अवस्थामा रहेको सिनर्जी फाइनान्स र जनरल फाइनान्स मिलेर बेस्ट फाइनान्स बनेको छ । यसको पनि सेयर कारोवार भैरहेको छ । हकप्रद सेयर निष्काशन
गरेको यस कम्पनी पनि मर्जरमा जान इच्छुक देखिएको छ । केही बाणिज्य बैंकहरूसँग कुरा भैरहेको बताइए पनि एनआरएन समूहको लगानी रहेको यस कम्पनी सानिमा वा माछापुच्छ«े बैंकसँग मर्जरमा जाने सम्भावना रहेको चर्चा बजारमा छ । राष्ट्र बैंकले १३ वटा वित्तीय संस्था समस्याग्रस्त घोषित गरेको थियो । तीमध्ये अधिकांश संस्था सञ्चालनमा आइसकेका छन ।

२०७१ माघ १२ गते समस्याग्रस्त घोषणा भएको अरूण फाइनान्सलाई हाथवे इन्भेष्टमेन्टले खरिद गरेको थियो । जुन अहिले ग्लोवल आइएमई बैंक बनिसकेको छ । ललितपुर फाइनान्सलाई न्यूरोडमा सुन व्यापार गर्ने मारवाडीको समूहले लगानी गरी ब्यूताएका छन् भने कुबेर मर्चेन्ट सिटी एक्सप्रेस बन्दै इन्भेष्टमेन्टमा गाभिन पुगेको छ ।
समस्याग्रस्त कम्पनीमध्ये जनरल फाइनान्स सबैभन्दा राम्रो अवस्थामा रहे पनि यसमा नयाँ समूहले लगानी गरेपछि खासै उपस्थिति देखाउन सकेको छैन । २०७० जेठदेखि समस्याग्रस्त यो कम्पनीले फुकुवा भएर मर्जर सम्पन्न गरी हकप्रदसमेत निष्काशन गरिसकेको छ । अन्य ३ वटा राष्ट्रियस्तरका फाइनान्स गाभिएर बनेको सिनर्जी फाइनान्सलाई गाभेर जनरल फाइनान्सले बेस्ट फाइनान्सको रुप लिएको हो । सिनर्जीमा सीएमबी फाइनान्स, एल्पिक एभरेष्ट फाइनान्स र बुटवल फाइनान्स गाभिएको थियो । यस कम्पनीलाई खरिद गर्नका लागि केही विकास बैंकले चासो देखाएको भए पनि प्रवद्र्धकहरूको लगानी रहेको बाणिज्य बैंकसँग कुरा भैरहेको सञ्चालकहरू बताउँछन् ।
त्यस्तै, मारवाडी समूहको लगानी रहेको ललितपुर फाइनान्सलाई गाभ्नका लागि एनएमबि बैंक र सनराइज बैंकसँग कुरा भएको बताइएको छ । तर, मारवाडी समूहले सुनको कारोवारको लागि आफ्नो छुटै फाइनान्स कम्पनी बनाउन खोजे पनि राष्ट्र बैंकले ८० करोड पुँजी बनाउने सिमा थपिदिएको पनि हकप्रद भर्न सम्भव नहुने देखिएपछि उनीहरू पनि मर्जरमा जान खोजेका हुन् ।
यस्तै, केही समयअघिमात्रै समस्याग्रस्त सूचीबाट फुकुवा भएको कर्पोरेट डेभलपमेन्ट बैंकलाई माछापुच्छ«े बैंकसँग गाभ्ने हल्ला चलाइएको छ । माछापुच्छ«े बैंकका प्रबद्र्धकसँग नातासम्बन्ध रहेका व्यक्तिहरूको लगानी रहेका कारण बजारमा यस्तो हल्ला चलेको हो ।
राष्ट्र बैंकले हालसम्म १६ वटा कम्पनीलाई समस्याग्रस्त घोषणा गरेको छ । त्यसमध्ये ३ वटा संस्था खारेजीमा गएका छन् । बाँकी १३ वटा संस्थामध्ये २ सस्था अझै पनि समस्याग्रस्त अवस्थामै छन् । समस्याग्रस्त संस्थामध्ये गोर्खा विकास बैंक र नेपाल सेयर मार्केट्स एन्ड फाइनान्सको व्यवस्थापन राष्ट्र बैंकले लिएको थियो । यसमध्ये गोर्खा विकास बैंकको पुजी घटाएर काठमाडौं फाइनान्ससग मर्जर गराएर छाडिएको छ । समस्याग्रस्त भएको हिमालय फाइनान्स, युनाइटेड विकास बैंक र सम्झाना फाइनान्सलाई भने खारेजीमा लगिएको छ । यी कुनै पनि कम्पनीको खारेजी प्रैक्रिया सकिएको छैन । यस्तै क्रिष्टल फाइनान्सलाई पनि खारेजीमा लैजाने निर्णय राष्ट बैंकले गरेको भए पनि त्यसको प्रक्रिया नै शुरु भएको छैन ।
असफल राष्ट्र बैंक ६ महिनाका लागि भनेर म्याद दिएरै समस्याग्रस्त घोषणा गरिएको केही संस्था अहिले ७ बर्ष नाघिसक्दा पनि उस्तै हालतमा छ । राष्ट बैंक आफैले पनि त्यसलाई फोर्स मर्जरमा लैजान सकेको छैन न त सुधार्न नै सकेको छ । राम्रो विजनेस र ठूलो पँुजी भएको नेपाल सेयर मार्केट फाइनान्स जस्तो सस्थालाई सपार्न राष्ट बैंकले आफ्नै कर्मचारी टिम पठाएको भए पनि उनीहरूले खासै काम गर्न सकेनन् । वर्षौं अपाङ्ग अवस्थामा बस्दा ती बैंक तथा वित्तीय संस्थाको अवस्था झन् कस्तो भयो होला । खर्च गरिरहने तर आम्दानी हुने काम गर्न केही नदिने राष्ट्र बैंकको ‘समस्याग्रस्त नीति’का कारण जनताको अर्बौ लगानी डुबेको छ ।
२०६७ यता राष्ट्र बैंकले १३ वटा वित्तीय संस्थालाई समस्याग्रस्त घोषणा गरेको छ । तीमध्ये केही संस्थामा सामान्य सुधार देखिए पनि अधिकांशको अवस्थामा अपेक्षित सुधार नभएको राष्ट्र बैंक स्रोतले बताएको छ । तर, यसमा राष्ट्र बैंक आफुले भने कुनै जिम्मेवारी लिँदैन । निक्षेप लिन नपाउने, कर्जा दिन नपाउने अनि बिजनेस समेत बढाउन नपाउने भएपछि संस्थामा कसरी सुधार हुन्छ ? राष्ट्र बंैकले गर्ने समस्याग्रस्त घोषणाको कार्य कुनै म्याराथुन धावकलाई हातखुट्टा बाँधिदिएर यति समयभित्र यति दूरी पार गर भन्दै छाडिदिएझै देखिन्छ ।
सेयर बजारबाट


प्रतिक्रिया दिनुहोस्