सामाजिक उत्तरदायित्वको खर्च पारदर्शीता नभएकोमा राष्ट्र बैंकको आपत्ति « Arthapath.com
१८ फाल्गुन २०७६, आईतवार

सामाजिक उत्तरदायित्वको खर्च पारदर्शीता नभएकोमा राष्ट्र बैंकको आपत्ति



काठमाडौं । कुमारी बैंकको स्थापनाकालमा गरिएको अत्यधिक खर्चबारे राष्ट्र बैंकमा उजुरी परेपछि राष्ट्र बैंकले छानविन गरी तत्कालिन अध्यक्ष नुरप्रताप राणालाई अनावश्यक खर्च फिर्ता गराएको थियो । पछि उनले व्यक्तिगतरुपमा सो रकम तिरेका थिए । त्यसपछि यस्तो घट्ना भएको छैन । राष्ट्र बैंकले कुनै पनि बैंककाअध्यक्ष वा सीईओलाई व्यक्तिगत काममा गरिएको बैंकको खर्च फिर्ता गराउने निर्णय गरेको छैन ।

केहीअघि सिन्धुपाल्चोकमा रहेको सिन्धु विकास बैंकले किनेको २ करोड रुपैयाँको गाडी अध्यक्षले व्यक्तिगत प्रयोजनमा चढ्ने गरेको पाइएपछि राष्ट्र बैंकको सुपरिवेक्षण टोलीले सो गाडीवापतको रकम प्रोभिजन गर्न निर्देशन दिएको थियो । तर, अध्यक्ष राजेन्द्र श्रेष्ठले रकम प्रोभिजन नगरी गाडी फिर्ता गरेको कागजात बनाएर राष्ट्र बैंकको निरीक्षण टोलीलाई सन्तुष्ट पारे ।

ठूला बैंकहरूमा यस्ता काण्ड अनेकन छन् । महंगा पेन्टिङ खरिददेखि आफ्ना निजी स्वार्थ गाँसिएको सस्थाहरूलाई आर्थिक तथा भौतिक सहयोगदेखि मेला महोत्सवमा खर्च गर्ने चलन लामो समयदेखि कायम छ । केही बैंकले गरेको खर्च व्यक्तिगत स्वार्थको भएको उजुरी राष्ट्र बैङ्कमा परेपछि अनुसन्धान सुरु गरेको डेपुटी गभर्नर शिवराज श्रेष्ठले जानकारी दिए ।

एउटा बाणिज्य बैंकका अध्यक्षले १५ लाख रुपैयाको एउटै पेन्टिङ खरिद गरेकोदेखि अर्को बैंकका अध्यक्षले आफ्नो पारिवारी संस्थालाई ठुलै रकम स्पोन्सर गरेको समेत उजुरी परेको छ । बैंक सञ्चालकहरूले पारिवारीक तथा व्यक्तिगत स्वार्थ गासिएका सस्थामा नियमित सहयोग गर्ने परिपाटी रहेको छ । सामाजिक उत्तरदायित्ववापत् भनिने यस्ता खर्चहरूको पारदर्शी उपयोग नभएकोमा राष्ट बैंकल आपत्ति जनाएको छ ।

राष्ट्र बैंकले कुल मुनाफाको १ प्रतिशत रकम सामाजिक उत्तरदायित्ववापत् खर्च गर्नुपर्ने नियम बनाएको छ । तर, त्यसवापत् निर्देशिका बनाउनुपर्ने भए पनि खर्चको पारदर्शिता भने देखिन्न । अझ साधारणसभामा समेत यस्तो खर्चको विवरण पेश गरिन्न ।

व्यक्तिगत स्वार्थ गासिएको, पारिवारी सम्बन्ध वा व्यापारिक सम्बन्ध रहेको संस्थामा नियमित आर्थिक सहयोग गर्नु गलत काम हो । सामाजिक उत्तरदायित्व (कर्पोरेट सोसल रेन्सपोन्सिविलीटी) विपरीत रहेको राष्ट्र बैङ्कको ठम्याइ छ । अधिकांश बैंकहरूले यस शीर्षकमा खर्च गरिरहेको ठहर राष्ट्र बैंकले गरेको छ ।

डेपुटी गभर्नर श्रेष्ठकाअनुसार अहिले बैङ्कमाथि अध्ययन अनुसन्धान सुरु भइरहेको छ । कुन बैङ्कका अध्यक्ष तथा सीईओले यस्तो गरेका हुन्, पत्ता लगाएर राष्ट्र बैङ्कले कारबाही गर्ने उनको भनाइ छ । बैङ्कको नाफा खुम्चिएको भन्दै स्प्रेडदर गणना विधिमा परिवर्तन गर्न लविङ गरेको अध्यक्ष तथा सीईओले फजुल खर्च भने रोक्न सकेका छैन । यदि उनीहरूले यस्ता फजुल खर्च नरोक्ने हो भने राष्ट्र बैङ्कले स्प्रेडदर गणना विधिमा कुनै परिवर्तन नगर्ने राष्ट्र बैङ्कको भनाई छ ।

सर्वसाधारणको निक्षेपमा कम ब्याज दिने र ऋणीबाट चर्को ब्याज लिने प्रचलन अहिले पनि कायम छ । सधैँभरि डिपोजिटरको पैसामाथि खेलबाड गरिरहने हो भने निक्षेपको दर पनि घट्न सक्ने केन्द्रीय बैंङ्कको भनाई छ । बैङ्कबाट एकातिर निक्षेपकर्ता सन्तुष्ट नहुने र अर्कोतिर ऋणी पनि खुशी हुने अवस्था छैन । यस्तो अवस्थमा बैङ्कले सोचेअनुसार नाफा कमाउन गाह्रो छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाशमा बाणिज्य बैंकहरूको नाफा वृद्धि ६ प्रतिशतमा खुम्चिएको छ । अधिकांश बैंकले स्प्रेडदर बढाएर नाफा गरेको सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ ।

नेपाल राष्ट्र बैङ्कका कार्य कारी निर्देशक तथा प्रवक्ता गुणाकर भट्टकाअनुसार बैङ्कका अध्यक्ष तथा सीईओहरू बैङ्कको नाफा खुम्चिएकाले स्प्रेडदरको गणनाविधि परिवर्तन गराउने लाग्ने र अर्कोतिर मनलाग्दीरुपमा खर्च गर्ने प्रवृत्ति नरोख्नेतर्फ नलाग्ने । उनीहरूले भनेको दुईवटा कुरा एक–आपसमा मेल नखाने भट्टको भनाई छ ।

बैङ्कहरूले आफ्नो सञ्चालन खर्च घटाउनै पर्छ । सञ्चालन खर्च नघटाई नाफा बढ्न सक्दैन । एकातिर बैङ्कले निक्षेपकर्तालाई दिने ब्याजमा कमी गरिरहेका छन्, अर्कोतिर ऋणीबाट पनि बढी ब्याज लिइरहेका छन् । तर, उनीहरू खर्च घटाउनेतिर लागेका छैनन् । सेयर बजार


प्रतिक्रिया दिनुहोस्