कामना सेवा विकास बैंकका सिईओ बस्नेत भन्छन् ‘हामी हाईपर एग्रेसिभ मोडमा छौं’ « Artha Path
२७ फाल्गुन २०७६, मंगलवार

कामना सेवा विकास बैंकका सिईओ बस्नेत भन्छन् ‘हामी हाईपर एग्रेसिभ मोडमा छौं’



प्रविण बस्नेत, सिईओ, कामना सेवा विकास बैंक लि

तपाईं आएपछि कामना सेवाको नेटवर्क ठूलो बनाउनुभयो, यसैकारणले बैंको नाफा त धेरै कम देखियो नि किन ?
हामी हाईपर एग्रेसिप मोडमा गयौं । हाईपर एग्रेसिप मोड भनेको हामीले हाम्रो समकक्षी संस्थाहरूको हाराहारीमा एउटा विजनेश भोलुम शाखा सञ्जाल सबै ठाउँमा पुर्याउनुपर्ने एउटा बाध्यता थियो । वास्तवमा भन्ने हो भने लगभग नजिकको कम्पिटेटिभभन्दा ५० प्रतिशतभन्दा बेसीले चाहिँ सबै कुराको प्यारामिटरमा हामी पछाडि थियौं । हामीले यो दुई वर्षमा हाईपर एग्रेसिप मोडमा जानुपर्यो । यो हाईपर एग्रेसिप मोडमा जाँदाखेरि र रियल सेन्समा राष्ट्रियस्तरको विकास बैंक हुनको लागि पोखरा, बुटवल, नारायणगढ, क्षेत्रबाट बाहिर निस्केर सम्पूर्ण प्रदेशमा र काठमाडौं उपत्यकामा उपस्थिति जनाउनका लागि ठूलो सञ्जाल हामीलाई चाहियो । यो शाखा सञ्जालकासाथै कस्ट अफ कन्स्ट्रक्सन, नयाँ इक्यूपमेन्टका कस्टहरू भए, र यहाँ काम गर्न हाम्रा टिम बिल्ड गर्नुपर्ने कुरा भए, टेक्नोलोजीलाई विकास गर्नुपर्नेलगायतका कुराले गर्दा थप कस्ट लाग्यो । यो खर्चलाइ कस्टभन्दा पनि इन्भेष्टमेन्टको रुपमा यसलाई लिएका छौं । यही इन्भेष्टमेन्टहरूका कारण प्रोफिटमा केही हिट गरेकोचाहिँ हो । तर, वास्तवमा यो इन्भेष्टमेन्ट भएकाले अब कालान्तरमा चाहिँ फाइदा हुन्छ ।

अहिले टेक्नोलोजीको जमाना छ, डिजिटल टीमको कुरा पनि गर्छाैं, यसका लागि यति धेरै शाखा चाहिने हो र ?
बैंकिङ हिस्टोरीमा हेर्नुहुन्छ भने वेस्टर्न वल्र्डमा पनि यो डिजिटाइजेसन अटोमेशन र बैंक ब्रान्चेज कोड डिवेट चलेको वर्षाै भईसक्यो । यो आज होइन, २५ वर्ष अगाडि चलेको डिवेट हो । र आज पनि हेर्ने हो भने ब्रान्च एक्सापान्सनको फिजिकल रेट केही घटेको छैन । तर, नम्वर अफ ब्रान्चेजहरू नै नचाहिने त्यस्तो किसिमले परिवर्तन भइसकेको अवस्था छैन । संसारमा अनलाइन सपिङले गर्दा रियल सपिङ सेन्टरहरूचाहिँ वेस्टमा र अन्य मुलुकमा घटेको ज्वलन्त उदाहरणहरू छन् । त्यस्ता सपिङ सेन्टरहरू अपार्टमेन्ट्स वा होटेलहरूमा बदलिएका छन् । तर, फिजिकल बैंकको लागि चाहिँ डिजिटाइजेशनमा त्यत्रो ठूलो परिवर्तन भइसकेको अवस्था छैन । हाम्रोजस्तो मुलुकमा आफ्नै लिमिटेशनहरू छन् । हाम्रो देशमा के विश्वास छ भने चिन्ने–जान्ने र हेर्ने । त्यसको लागि फिजिकल प्रिजेन्सबाहेक अरू विकल्प त्यति बलियोसँग आइसकेको छैन । अब ग्याज्रुअल्ली हामीलाई डिजिटाइजेशन अटोमशनले यो ब्रिकेन वाल रिप्लेश गर्छ भन्ने कुरामा हामी पनि कन्भीन्स छौँ । तर, त्यो यति चाँडै, तुरुन्तै र अहिले नै भन्नेचाहिँ हैन । अझै समय लाग्छ ।

एग्रेशिभली ब्रान्च एक्सपान्सनले खर्च धान्नै नसक्ने गरी बढाएको देखियो नि ?
धान्ने नसक्ने गरी खर्च बढाएको त पक्कै पनि होईन । किनभने बिजनेश मोडल त्यस्तो हुँदा पनि हुँदैन । हामीले जुन एडिशनल ब्रान्चेजहरू खोलेर त्यसबाट एडिशनल रेभिन्यू सिर्जना गरेका छौँ, त्यो एडिशनल रेभिन्यूले हामीले एडिशनल एक्सपेन्सेस बुक गरेका छौं । यसरी त्यो एडिशनल एक्सपेन्सलाई सेटअप गर्न सफल भएका छौं । यो काम सुरुवात मै गर्न सफल भएका छौँ । र, ठूलो चाँहि भोलुममा विजनेश बढाउन सफल भएका छौं ।
म यस बैंकमा आउँदा साढे १२ अर्बको लोन थियो । अहिले २५ अर्बभन्दा बढी पुगेको अवस्था छ । त्यस्तै, पौने १५ अर्बको हाराहारीमा डिपोजिट भएकोमा अहिले २९ अर्बभन्दा माथि पुगेको छ । योचाहिँ डवल एचिभमेन्ट हो । त्यही भएर यो विस्तारले नै विजनेश डबल गर्न सम्भंव भयो । पुरानै ब्रान्चेजबाट यो ग्रोथ सम्भव हुँदैनथ्यो ।
अर्काे कुराचाहिँ त्यतिकै बसेको भए तपाईंले के प्रश्न सोध्नुहुन्थ्यो भने राष्ट्रियस्तरको विकास बैंक भएर पोखरा, नारायणगढ र बुटवलमा मात्र साखा हुन्छ त ? भन्ने सोध्नुहुन्थ्यो । अहिले त्यो प्रश्न सोध्ने अवस्था छैन । हामीले ग्राहकको घर, दैलो वा ढोका ढोकामा पुगेर सेवा दिने अवस्थामा पुगेका छौँ ।
हिजोका दिनमा डेढ लाख ग्राहक भएको हाम्रो बैंकमा करिब तीन लाख पुर्याइसकेको छौँ । सबै प्यारामिटरमा हामी यो डेढ वर्षको दौरानमा चाहिँ डवल बढेका छौँ । त्यसैले हामी एकदमै एक्साइटेड छौँ, यो बटम लाइन, नाफा भन्ने कुरा गर्दैभन्दा पहिला मेन कुरा भनेको बिजनेश कस्टमर्सको आधार हो । त्यो हामीले गरिसकेको छौँ । र चाँडै हामी नाफामा फड्को मार्नेछाँै ।
तपाईं आएपछि शाखाहरू धेरै खोल्नुभयो, कति प्रतिशत नाफामा छन् शाखाहरू ?
मैले यस पदमा काम गरेको एक वर्ष भयो । माघ महिनामा टेक–अफ गरेको थिए, अब अहिले फागुनमा एक वर्ष एक महिना भयो । ५९ ब्रान्च थिए, त्यतिखेर, अहिले १२० को हाराहारीमा पुगेका छन् । ७५ प्रतिशत शाखाहरूले नाफा गरिरहेका छन् । बाँकी २५ प्रतिशतलाई चाहिँ हामी धेरै नै मेहनत गरेर लागि रहेको छौँ । चाँडै नै नाफामा जान्छ भन्ने आशा गरिरहेका छौँ ।

तपाईं एनआईसी एशियाबाट यता आउनुभयो, एनआईसीको स्कुलिङ भएको हुनाले त्यही रणनीति कपी गरेको भन्छन् नि ?
म एनआईसी एशियाबाट माछापुच्छ्रे बैंक हुँदैआएको हुँ । सबै बैंकहरूमा उच्च व्यवस्थापनमा बसेर काम गरे । बैंक भनेको आफैमा के होभन्दा त्यसभित्र काम गर्ने पिपुलहरू हुन् । जुन बैंकमा म उच्च व्यवस्थापनमा बसे त्यो बैंकले बनाउने नीति–नियम बनाउनेमा म पनि सलग्न थिएँ । अर्काे कुरा के छ भने चार्टर्ड एकाउन्टेन हुँ । मैले ठूलो इकोनोमी भएको भारतमा बसेर काम गर्ने मौका पाएँ । त्यहाँको उत्कृष्ट बैंकहरू आईसीआईसीआई, बिओपी, बिओआईजस्ता बैंकहरूमा इन्टर्नसिपको रुपमा लामो समय उनीहरूको सिस्टम हेर्ने मौका पाएँ ।
म आफैमा अध्ययनशील ब्यक्ति भएकाले संसारभरि चाहिँ के चलिरहेको छ, के गर्दा राम्रो हुन्छ, कस्तो रणनीतिहरू हुन्छ भन्नेबारेमा पनि म जानकारी राख्छु र त्यसलाई फ्लो गर्छु । म एउटा म्यानेजमेन्टको विद्यार्थी भएको हुनाले संस्थाहरूलाई कस्तो रणनीति लिएर सफल बनाउन सकिन्छ भन्ने कुरामा पनि नेपालको परिप्रेक्षमा राम्रो स्ट्रोङ होल्ड राख्छु । त्यसैले कुनै संस्थामा काम गरेर सिक्नेभन्दा पनि त्यो संस्थालाई के दिने भन्ने कुरा महत्वपूर्ण हुन्छ । हामी नर्मल पिपुल नर्मल जब होल्डर होइनौँ । संस्थालाई हामीले योगदान दिने हो । कन्ट्रिब्यूसन गर्ने हो । यसैक्रममा केही योगदान हामीले दिन्छौँ, केहि योगदान हामीले सिक्छाँै । कुनै संस्थाले बनाएको रणनीतिलाई अर्काे संस्थामा गएर लागू गरेमा त्यो सफल पनि हुँदैन भन्ने मलाई लाग्छ ।

त्यही भएर भनेको एनआईसीले सुरुमा गरेर सफल भयो, अब त सबै ठाउ“मा बैंक पगिसकेका छन्, विकास बैंकले त्यसरी नै जादा सफल होला र ?
त्यसैले त्यो कपी–पेस्ट सफल हुँदैन, त्यो परि स्थितिअनुसार काम गर्नुपर्ने हुन्छ । यो प्रश्न तपाईंले अरू डेभलपमेन्ट बैंकहरूले सोध्नुभयो भने उहाँहरूले के भन्नुहुन्छ ? मुक्तिनाथलाई सोध्नुभयो भने उसले त एनआईसीको हाराहारीमा त्यही समयमा गएको थियो । त्यसैले यो प्रश्नको कम्पियर गर्नु उचित छैन । किनभने ए क्लासको भन्नेवित्तिकै धेरैवटा बेनिफिटहरू छन् नि त । सबैभन्दा बेनिफिटचाहिँ सरकारी फण्ड चलाउन पायो । ‘बी–क्लास’लाई सरकारी फण्ड चलाउन पाउने भएमा अनि रियल सेन्समा बैंकिङ हामी पनि सिकाइदिन्छौँ ।

विकास बैंकहरूचाहि“ अब टिक्न नसक्ने भए भन्छन्, मर्जरमा जाने प्लान के छ ?
विकास बैंकहरू उच्च मनोवलकासाथ काम गरिरहेका छन् । हालैमात्र इन्फरमल्ली विकास बैंकहरूको आवश्यकता छ भन्ने किसिमका समाचारहरू रेस्पोन्सबल्ली कोट गरेर आइरहेका छन् । हाम्रो आफ्नो ‘थट–प्रोसेस’ पनि के थियो भने ग्रामीण क्षेत्रमा र सहरोन्मुख क्षेत्रहरूमा धेरै जनतालाई बैंक भनेको के हो भनेर पहिलोचोटि परिचय दिने र बैंकिङमा ल्याउने काम विकास बैंकहरूले नै गरेको हो । ग्रास रुटमा एक्सेस टु फाइनान्सको हिसाबले हामीले धेरै नै कन्ट्रीब्यूसन गरेका छौँ । त्यो कन्ट्रीब्यूसनको कारणले उहाँहरूको ब्यापार ब्यवसाय मौलाएको छ । उहाँहरूको मोर रिक्वायरमेन्टहरू पूरा भएका छन् । यसकारण इकोनोमिक्समा हाम्रो ठूलो कन्ट्रीब्यूसन छ जस्तो लाग्छ मलाई । उच्च मनोवलले हामीहरू काम गरिरहेका छौँ ।
हामीलाई एकदमै उपयुक्त पार्टनर भयो भने मर्जमा जाने र अझ बेटर हुने भन्ने पनि विकल्प छ । र यदि नहुँदा पनि हामी स्ट्रोङ बैंक भएर हामी अगाडि बढ्ने योजना पनि रहेको छ । एउटा इन्ट्रेस्टिङ कुरा तपाईंले मस्ट अफ द डेभलपमेन्ट बैंकहरूको फिगर हेर्नुभयो भने तीन/चार वर्षको कमर्सियल बैंकहरूकोभन्दा फरक पाउनुहुन्न । भनेपछि तीन/चार वर्ष भनेको धेरै ठूलो कुरो होईन । र यत्रो प्रिभिलेजहरू युज गरेको बाणिज्य बैंकहरूसँग हाम्रो त कम्पिटिसनको कुरै भएन नि । उनीहरूसँग कम्पिटीसन गर्ने होइन । मोटरसाइकल र साइकललाई कम्पियर गरेर कुनै अर्थ छैन ।
राम्रो भनेका विकास बैंकहरू नै मर्जरमा गइरहेका बेलामा चाहि“ कामना कसरी टिक्न सक्ला त ?
सबैभन्दा त ठूलो कुरा कस्टमर्सको च्वाइस हो । हामी यस्तो आभारहरू बनाउँदैछौँ कि कस्टमर्सहरूलाई हामी ह्याप्पी राख्न सकौँ । कस्टमरलाई खुशी र सन्तुष्ट राख्न सक्यौं भने त बाँकी कुरामा टिक्ने भन्ने कुरा त सहज हुन्छ ।
डे टु डे बेसिकमा हेर्ने हो भने लिक्विडीटी बढ्यो भन्छन्, घट्यो भन्छन् अनेक समस्या छ भन्छन्, तर डेभलपमेन्ट बैंकहरूलाई त्यस्तो कुराले छुँदा पनि छुँदैन । हाम्रो रिटेल बेस छ । हामीकहाँ अहिले हेर्ने हो भने उत्तिकैरुपमा कर्जा छ, आजको दिनमा पनि मेरो डिपोजिटको ग्रोथ उत्तिकै रहेको छ । मुख्य कुरा कस्टमर कोसँग छ भन्ने कुरा हो क्या । त्यो कस्टमरहरू विकास बैंकहरूसँग छन् । स्पेसल्ली राष्ट्रियस्तरको विकास बैंक भन्नुहुन्छ भने उनीहरूको स्ट्रोङ होल्डमा गएर हेर्दा त्यहाँको ट्रान्जिक्सनहरू, फस्ट प्रिफ्ररेन्स कसलाई दिन्छ भन्दा यिनै बैंकहरू नै हुन् । त्यही लोभले गर्दाखेरि उनीहरूले छानी–छानी भाउ मोलतोल गरेर सबभन्दा बेस्ट प्राइजेज दिएर डेभलपमेन्ट बैंकहरूलाई तानिरहेका छन् ।

विकास बैंकहरूको भविष्य कस्तो देख्नुहुन्छ ?
म एकदमै चम्किलो देख्छु । किनभने यिनीहरू माटोमा जोडिएका बैंकहरू हुन् । गाउँ–गाउँ मनमस्तिष्कमा रहेका छन्, त्यसले गर्दा भविष्य राम्रो छ र सबभन्दा हाम्रोचाहिँ सर्भिसेसहरू प्रशनलाइज छन् । हाम्रा शाखाका साथीभाइहरूले त्यहाँका ब्यापारिक समूह र त्यहाँका सम्पूर्ण पपुलेशनमा यसरी मिल्नुभएको छ कि केही बैंकिङसम्बन्धीको चाहना भयो भने उहाँहरूलाई नै सम्झिनुहुन्छ । त्यस्तो अवस्था रहेको छ । एकदमै उज्वल भविष्य देख्छु । र सरकार पनि निकै नै फ्लेक्जीवल भएर आइरहेको छ । ग्यारेन्टीको बिजनेश हामीलाई ओपन गरिसकेको छ । एलसीको विजनेश ओपन गर्नेमा कुराकानी चलिरहेको छ । क्रेडिट कार्ड इस्यूमा कुराहरू चलिरहेका छन् । भोलिका दिनमा सरकारी निक्षेपहरू लिने कुरामा चेन्जेज आउँदै जाला र यसले हामीलाई उत्साहित बनाएको छ । अन्य संस्थाहरू पनि लाभान्वित भएर आपैmँ नै डेभलपमेन्ट बैंकहरूमा अप्रोज गरिरहेका छन् । हामीले हाम्रो सेवालाई अझ गुणस्तर र टेक्नोलोजी ओरिन्टेट बनाउँदै गयौ भने अझ यो राम्रो हुन्छ ।

अहिले कामना बैंकले सेयरमा गरेको लगानीबाट धेरै नाफा कमाएको सुनिन्छ नि ?
हाम्रो पुरानो इन्भेष्टमेन्ट थियो । त्यो इन्भेष्मेन्टहरूलाई हामीले सेयर मार्केटमा घट्दै जाँदाखेरि बीचमा एभ्रेजिङ पनि गरेका थियौं । हामीले लगानी गरेकामध्ये इन्स्योरेन्स सेक्टरका स्क्रिप्टहरूले धेरै राम्रो आम्दानी गरेको हो । त्यसैले सेयरमा गरेको लगानीबाट कमाएको साँचो हो ।
कामना सेवा बैंकलाई चाहि“ विकास बैंकहरूमा राख्दा कुन स्थानमा राखेर हेर्नुहुन्छ ?
कामना सेवा बैंक कान्छो विकास बैंक भएकाले काठमाडौं आउँदाखेरि जुन साइज थियो, त्यतिखेर ११ औं नम्बरमा थियौँ । हामीले केही खुट्कीला पार गरेका छौँ । अब अहिले लगभग ८ औँ नम्बरमा हामी पुगेका छौँ, विजनेशको हिसाबले ।

यो एग्रेसन कति समय रहन्छ, निरन्तर जान्छ कि स्टप हुन्छ ?
एग्रेशन त निरन्तर रहन्छ । हाइपर एग्रेशन जुन थियो, दुई वर्षको म्यासिभ एक्सापान्स थियो । १२५ वटा शाखा सञ्जाल पुगे, सँगसँगै हामी त्यसलाई अब क्लोज गर्छाै । तर, हामी त्यतिमा रोकिँदैनौँ । अर्गनाइजेशनको रेगुलर ग्रोथ भइरहनुपर्छ भन्ने हाम्रो मान्यता छ । नर्मल ग्रोथ एराउण्ड १० प्रतिशतको ग्रोथ एउटै गर्छाैं । विजनेश क्लोज त विजनेश थ्रोबाट कता जाने भन्ने अर्काे बाटो भइहाल्यो ।

लगानीकर्तामा प्रतिफल निकै कम छ, आगामी वर्ष कस्तो हुन्छ ?
किनभने हामीले ठूलो रकम इन्भेष्ट ग¥यौँ । शाखा सञ्जाल विस्तार गरेर ग्राहक संख्या बढायौ । त्यसले गर्दा अघिल्लो वर्षको प्रतिफलमा केही कमी रह्यो । र यो वर्षको प्रतिफलमा पनि हाइपर एग्रेशन, हाइपर इन्भेष्टमेन्टले प्रभाव रहला । तर, आगामी वर्षदेखि चाहिँ सबै ब्रान्चहरू ब्रेक इभनमा आइसक्ने र ठूलो कन्ट्रीब्यूसन गर्ने छौँ । आगामी वर्षमा प्रतिफलमा छलाङ मार्छाैं ।
राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समिक्षाबाट २ करोडसम्मको कर्जा दिनेलाई एउटा रिलाक्सेन दिएको छ, यसले चाहिँ अब कर्जामा एकदम ठप्पजस्तो देखिएको थियो बैंकहरूमा, अब यसले लगानी वातावरण सहज हुने देखिन्छ ।

कर चुक्ताको समस्या समाधान भएको हो र ?
टेक्नीकल्ली यो कर चुक्ता भन्ने शब्द जुन छ, कर चुक्तालाई चाहिँ पहिले हामीले कर दाखिला गर्दाखेरि इन्कम ट्याक्स अफिसले दिएको डकुमेन्टलाई नै कर चुक्ता भनेर अलिकति मिसलिड भएजस्तो लाग्छ । कर चुक्ता भनेको त फाइनल ट्याक्स एसेस्मेन्ट गरिसकेको अवस्था बुझ्नुपर्ने हो कि भन्ने त्यो कन्फ्यूजन पनि छ । त्यस्तो अवस्थामा हामीलाई दुईवटा प्रावधानहरू छन् । एउटा कुनै पनि सेल्फ एसेसमेन्ट सिस्टमअन्तर्गत दाखिला गरेको करचाहिँ ७ वर्षसम्म कोड–अप कोइसनिङहरू त्यसमा भएन भने त्यो फुल–ईन फाइनल भयो । त्यसमा फर्दर ट्याक्स लिने कुरा आएन । दोस्रोचाहिँ यदि त्यो पूmल अडिटमा पर्यो भने फूल अडिट गरिसके पछाडि आएको दायित्व थप आयो भने त्यो समय पूरा गरिसकेपछिमात्र फाइनल सेरोमेन्ट हुने अवस्था आउँछ । मझौला र ठूला करदाताको हकमा रि–एसिसमेन्ट भएर फाइलहरू क्लोज हुनुपर्ने अवस्था हो । त्यही भएर अहिलेको र पहिलेकोमा धेरै तात्विक भिन्नता देख्दिन म । किनभने अहिले कर चुक्ता प्रमाण–पत्रको प्रोभिजनमा कर दाखिला गरेको रिसिप छ त्यो रिसीपलाई पनि टेक–अप गर्न सक्ने भन्ने भएको हो । यसमा धेरै भिन्नता छैन ।
सेयर बजारबाट


प्रतिक्रिया दिनुहोस्