सिटिजन्स बैंकको पाँचौ विशेष साधारणसभा स्थगित « Arthapath.com
९ चैत्र २०७६, आईतवार

सिटिजन्स बैंकको पाँचौ विशेष साधारणसभा स्थगित



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको पाँचौ विशेष साधारणसभा स्थगित भएको छ । भोली सोमबारका दिन अमृतभोग, कालिकास्थान, डिल्लीबजार काठमाण्डौमा गरिने भनीएको पाचौं विशेष साधारण सभा विश्वभरी फैलिएको कोरोना भाइरसको जोखिम र नेपाल सरकारबाट जारी निर्देशन र सूचना अनुसार सार्वजनिक भेला बैठक समारोह गर्न बन्देज लगाईएकोले सो निर्देशन र सूचनाको परिपालना गर्दै बैंकले साधारणसभा रोकेको जनाएको छ ।

संचालक समितिको शनिवार ३३० औं बैठकले अर्को सूचना नभएसम्मको लागि उक्त विशेष साधारण सभा हाललाई स्थगित गरिएको कुरा बैंकले जनाएको छ । यसवाट शेयरधनी महानुभावहरmलाई पर्न गएको असुविधा प्रति बैंक क्षमाप्राथि छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ९४ वटा शाखा, ९४ वटा ए.टि.एम. र १०३ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव पाँच लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । कोरोना भाइरस महामारीको जोखिम न्यूनिकरणका लागि नेपाल सरकारले गरेको रोकथाम तथा नियन्त्रणको प्रयासलाई टेवा पुर्याउने उद्देश्यले सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले इन्टरनेट तथा मोबाइल बैंकिङ्ग लगायतका विद्युतिय माध्यमबाट गरिने भुक्तानीका सबै सेवाहरू निःशुल्क गरेको छ ।


प्रतिक्रिया दिनुहोस्