सिद्धार्थ बैंक र चिरायु हस्पिटलबीच सम्झौता « Arthapath.com
१० चैत्र २०७६, सोमबार

सिद्धार्थ बैंक र चिरायु हस्पिटलबीच सम्झौता



काठमाडौं । सिद्धार्थ बैंक र बसुन्धारामा रहेको चिरायु नेशनल हस्पिटल एण्ड मेडिकल इन्टिच्युट प्राली बीच बैंकका कर्मचारी तथा ग्राहकलाई विभिन्न सेवामा छुट दिनेसम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

सम्झौताअनुसार बैंकका कर्मचारी र कर्मचारीका सदस्यले बैंकको डेबिट र क्रेडिट कार्ड मार्फत भुक्तानी गरी सो हस्पिटलमा स्वास्थ्य सेवा लिंदा २० प्रतिशत र बैंकका ग्राहकले १५ प्रतिशतसम्मको छुट पाउनेछन ।

उक्त सम्झौतापत्रमा सिद्धार्थ बैंकका तर्फबाट सहायक महाप्रबंधक सुरेश राज महर्जन र चिरायु हस्पिटलका तर्फबाट संचालन निर्देशक चन्देश्वर वैद्यले हस्ताक्षर गरे ।

हाल उक्त बैंकको १ सय ८५ वटा शाखा ९३ एक्स्टेन्सन काउन्टर सहित, १०१ शाखारहित बैंकिङ सेवा, २ सय ५ एटिएम र १ हजार ६ सय भन्दा बढी पिओएस मेसिन छ ।


प्रतिक्रिया दिनुहोस्