सांग्रिला डेभलपमेन्ट बैंकद्धारा मुक्तिनाथ मन्दिरलाई डोनेसन बक्स सहयोग

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत गण्डकी प्रदेश, मुस्ताङ जिल्लाको बारा मुक्तिक्षेत्र गाउँपालिकास्थित मुक्तिनाथ मन्दिरलाई डोनेसन बक्स प्रदान गरेको छ ।
उक्त सहयोगले मुक्तिनाथ मन्दिर परिसरमा दर्शन गर्न आउने भक्तजनहरूले चढाउने नगद रुपैयाँको व्यवस्थापनमा सहयोग पुग्ने भन्दै बेकले बैंक र उक्त संस्थाबीच आयोजित एक कार्यक्रममा बैंकको तर्फबाट डेभलपमेन्ट बैंकका शाखा प्रमुख राजीव पौडेलले गण्डकी प्रदेशका सांसद महेन्द्रबहादुर थकाली तथा मुक्तिनाथ विकास समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी वेद प्रसाद अर्याललाई हस्तान्त्तरण गरेका थिए ।