कृषि बिकास बैंकको कोरोना विरुद्ध सवा करोड सहयोग « Arthapath.com
१० चैत्र २०७६, सोमबार

कृषि बिकास बैंकको कोरोना विरुद्ध सवा करोड सहयोग



काठमाडौं । कृषि विकास बैंकले कोरोना विरुद्ध लड्न सरकारले खडा गरेको कोषमा एक करोड २५ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल उपाध्यायले कोषमा एक करोड २५ लाख रुपैयाँ सहयोग गरेको बताए । उनले कोरोना विरुद्धको संघर्षमा सबै नागरिकले आ आफ्नो ठाउँबाट सहयोग गर्नुपर्नेमा समेत जोड दिए । नेपालमा कोरोनाको संक्रमण देखिएकाले अब हरेक नेपालीले होम क्वारेन्टाइनमा बसेर जोगिने तर्फ लाग्नुपर्ने धारणा पनि राखे । त्यस्तै नेपाल बैंकले पनि हिजो एक करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । नेपाल बैंक र कृषि बिकास बैंकले विश्वव्यपाी फैलिरहेको कोराना भाईरसको नियन्त्रणका लागि सहयोग गरेका हुन ।


प्रतिक्रिया दिनुहोस्