राष्ट्र बैंकले दियो बैंक बित्तीय संस्थालाइ नौ बुँदे निर्देशन « Arthapath.com
१३ चैत्र २०७६, बिहीबार

राष्ट्र बैंकले दियो बैंक बित्तीय संस्थालाइ नौ बुँदे निर्देशन



काठमाडौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुका लागि नयाँ सूचना जारी गरेको छ । उक्त निर्देशन सूचनामा बैंकवित्तबाट हुने नगद कारोबारको सूनिश्चितता मिलाउन तथा सकेसम्म थोरै कर्मचारीबाट सेवा प्रदान गर्न एवं डिजिटल सेवामा जोड दिन र एटीएमहरुमा प्रसस्त रकम जम्मा गर्न बैंकवित्तलाई निर्देशन दिइएको छ ।

त्यसैगरी प्रत्येक प्रदेशका स्थानीय सरकारसँग समन्वयन गरेर सकेसम्म केही शाखाहरु नियमित रुपमा थोरै कर्मचारीद्धारा संचालनमा ल्याउन भनिएको छ । बैंक वित्तले खुल्ने शाखाको बारेमा विवरण बनाई शाखामा रहने व्यक्तिको नाम र नम्मर सहित उल्लेख गरी सबै बैंकका शाखामा सुचना टाँस गर्न एवं आफ्नो वेभसाइटमा समेत राख्न भनिएको छ । राष्ट्र बैंकले बैंकको कुन शाखा कतिवजेबाट खुल्ने भन्ने कुरा खुलाएर आम नागरिकलाई थाहा दिन भनिएको छ । राष्ट्र बैंकका कार्यकारी निर्देशक देवकुमार ढकालद्धारा जारी विज्ञप्तिमा क, ख, ग र घ बर्गका बैंक वित्तलाई नै तोकेर निर्देशन जारी गरिएको छ ।

नौ वटा बुँदामा उल्लेख गरिएको विज्ञप्ति अनुसार सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुलाई स्थानीय सरकारसँग समन्वय गरेर काम गर्न अनुरोध गरिएको छ । सर्बसाधारणलाई बैंकमा राखेको रकम निकाल्न सहज बनाउन राष्ट्र बैंकले निर्देशन दिइएको छ । एटीएम उपलव्ध नभएका ठाउँहरुमा विहान ११ बजेदेखि १ दिउँसो बजेसम्म शाखा खोल्न भनिएको छ । राष्ट्र बैंकले १८ गतेसम्मका लागि यो सूचना जारी गरेको हो ।

नागरिकलाई आबश्यक पर्ने नगद र न्यूनतम बैंकिङ सेवा प्रदान गर्न भन्दै विज्ञप्तिमा विद्युतीय माध्ययमबाट हुने कारोवारलाई जोड दिन र एटीएममा प्रयाप्त रकम जम्मा गर्न भनिएको छ । यसबाहेक भन्सारबाट प्राप्त हुने चेक क्लियरिङको व्यवस्था मिलाउन एवं अत्यावश्यक बस्तुहरुको आपूर्तिलाई सुनिश्चितता प्रदान गर्न तथा ड्राफ्ट, टिटि, प्रतीतपत्र, ग्यारेन्टी जस्ता कारोबारहरु सञ्चालन गर्न निर्देशन दिइएको छ । राष्ट्र बैंकले “घ” वर्गका वित्तीय संस्था अर्थात लघुवित्तलाई समेत सकेसम्म शाखा खोलेर सेवा दिन निर्देशन गरेको छ । राष्ट्र बैंकले अबस्था सामान्य भएको मितिले सातदिन भित्र बैंकवित्तले राष्ट्र बैंकसमक्ष गर्नुपर्ने रिपोर्ट बुझाउन पनि सुझाएको छ ।


प्रतिक्रिया दिनुहोस्