प्राइम बैंकका सिईओ मानन्धरको निजिक्षेत्रप्रति गुनासो, यत्रो विपत्तीमा कहाँ हराए ? « Arthapath.com
१६ चैत्र २०७६, आईतवार

प्राइम बैंकका सिईओ मानन्धरको निजिक्षेत्रप्रति गुनासो, यत्रो विपत्तीमा कहाँ हराए ?



खप्तड बाबाका अनुयायी नारायणदाश मानन्धर अहिले होम क्वारेन्टाइन जत्तिकै अवस्थामा छन । लाजिम्पाटस्थीत अपार्टमेन्टमा मानन्धरको परिवारसहित बस्छन । उमेर ७ दशक नाघिसेका मानन्धर उत्तिकै एक्टभ छन । अहिले सरकारले लकडाउन गरेको छैठौं दिन मानन्धर घरमै दिनचर्या विताइरहेका छन ।

बैंकका सिईओ भएकाले महत्वपुर्ण निर्देशन टेलिफोनबाटै दिने गरेका छन । अत्यआवश्यक परे अफिस पनि गैरहेको बताउने मानन्धरलाई दिन काट्न गाह्रो परेको छैन । म प्रायः एक्लै बस्न खोज्ने मान्छे अहिले त केही काम नै छैन । ध्यानमै अधिकांस समय वित्छ । आनन्दसंग ध्यान गरेर दिन वित्छ । अत्यआवश्यक पर्दा बैंक गएको बाहेक घर बाहिर निष्केको छैन । विहान ४ वजेदेखी ध्यानमा बस्छु ।

बैंकको साखा बढी खोल्न खोजेका छौं । समाजप्रति हामी बैंकरहरुको दायित्व छैन र ? जनतालाई यस्तो आपतमा धेरै भन्दा धेरै साखाबाट सेवा दिन कर्मचारुहिरुलाई निर्देशन दिएको छु । बैंकमा पैसा छ औषधी खाद्यान्न किन्न चाहियला बैंकले सेवा दिन खोलेका हौं । देशभर ५० भन्दा बढी साखाबाट सेवा दिने तयारी गरेका छौं । मोवाइल बैंकिङ, एटिएम लगायत डिजिटल कारोवार सकेसम्म कम गर्न ग्राहाकलाई सुझाएका छौं । डिजिटल कारोवार पनि उल्लेख्य छ ।

सरकारले बेलैमा लकडाउन गरेर संभावित जोखिम कम गर्न लागिपरेको बताउने मानन्धर सबैले सरकारको मुदख ताक्न नहुने तर्क गर्छन । यस्तो बेलामा निजी क्षेत्रले पनि सरकारलाई सहयोग गर्नुपर्ने उनको तर्क छ । हाम्रा निजी क्षेत्र कहाँ हराए ? यत्रो विपत्तीमा राहात प्याकेज खोजेर निजी क्षेत्र बसेको भन्दै मन फुकाएर सहयोग गर्न लागिपर्नुपर्ने बताए । आफु विगतमा निजी क्षेत्रप्रति लडेको बताउँदै उनले भने यस्तो बेलामा निजी क्षेत्रले सक्दो सहयोग गर्नुपर्छ नाफामात्रै खोज्ने होइन ।

उनले ठुला विपत्तीमा सरकारको मात्रै मुख हेर्ने होइन भन्दै जसले जहाँबाट जे सक्छ त्यही गनुर्रपर्ने बताए । निजी क्षेत्रका बैंकहरुले धमाधम सरकारको कोरोना विरुद्धको कोषमा रकम जम्मा गरिरहेको अवस्थामा प्राइम बैंकलेचाँही अझै नयाँ राहात प्याकेज ल्याउने तयारी गरेको तर राज्यका कानुन र सामान आयातमा झण्झटले पछि हट्नुपरेको उनले बताए । अव छिट्टै बैंक संचालक समितिको बैंठक बसेर राहात रकमबारे निर्णय लिने मानन्धरले बताए ।


प्रतिक्रिया दिनुहोस्