बैंकबाट कर्जा लिनुभएको छ ? असारसम्म साँवा र व्याज तिर्न छुट (राष्ट्र बैंकले जारी गरेको १९ बुँदे सहुलियत प्याकेज सहित) « Arthapath.com
१६ चैत्र २०७६, आईतवार

बैंकबाट कर्जा लिनुभएको छ ? असारसम्म साँवा र व्याज तिर्न छुट (राष्ट्र बैंकले जारी गरेको १९ बुँदे सहुलियत प्याकेज सहित)



काठमाडौं । के तपाँईले कुनै बैंक ता वित्तिय संस्थाबाट कर्जा लिनुभएको छ ? कर्जाको साँवा र व्याज तिर्न नेपाल राष्ट्र बैंकले बैंकका ऋणीहरुलाई विषेस सहुलियत ल्याएको छ ।

कोरोना भाइरस कोभिड–१९ ले थलिएको अर्थतन्त्रप्रति नेपाल राष्ट्र बैंकले बेलैमा राहात प्याकेज ल्याएको छ । बैंक तथा वित्तिय संस्थाबाट कर्जा लिएर आफ्नो व्यावसाय चौपट परेका ऋणीहरुले साँवा र ब्याज असार मसान्तसम्ममा भुक्तानी गर्दा हुने भएको छ ।

राष्ट्र बैंकले आइतबार एक सर्कुलर जारी गर्दै कर्जाको व्याज र साँवा तिर्ने समय असारसम्म छुट दिएको हो । बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएकाहरुले समयमै सावाँ ब्याज भुक्तानी गर्न नसक्ने अवस्थाले यस्तो निर्णय लिनुपरेको कार्यवाहक गभर्नर चिन्तामणी शिवाकोटीले बताए ।

बैंकको कुनैपनि कर्जाबापत हर्जना नलाग्ने भएको छ । आगामी चैत्र मसान्तसम्म किस्ताको हकमा कुनैपनि किसिमको शुल्क लिन नपाइने निर्देशन जारी गरेको हो । (राष्ट्र बैंकले जारी गरेको १९ बुँदे सहुलियत प्याकेज सहित)


प्रतिक्रिया दिनुहोस्