सनराइज बैंकद्वारा ग्राहकहरुलाई मेरो किरानामा विशेष छुट « Arthapath.com
१८ बैशाख २०७७, बिहीबार

सनराइज बैंकद्वारा ग्राहकहरुलाई मेरो किरानामा विशेष छुट



काठमाडौं, सनराइज बैंकले आफ्नाग्राहकहरुलाई घरमै बसेर सामानखरिद गर्दा विशेष छुटदिने व्यवस्थागरेको छ । ग्राहकहरुको सेवा र सुविधालाईमध्यनजर गर्दै बैंकले हालको लकडाउनको अवस्थामापनिमेरो किरानामागरिएको अर्डरका लागि सनराइज बैंकको क्यूआर कोड प्रयोग गरी सामान खरिद गर्ने प्रत्येक ग्राहकलाई १० प्रतिशत वा ५०० रुपैयाँसम्म क्यास ब्याक प्रदान गर्ने छ ।
वर्तमान परिस्थितितथा रोग संक्रमणको जोखिमलाई ध्यानमा राख्दै यस्ता सम्झौताहरु ग्रिएको बैंकले जनाएको छ ।

घरमा नै सुरक्षित बसी डिजिटल ब्यांकिङ सुविधाको उपभोग गर्न बैंकले ग्राहकहरुलाई आग्रहगरेको छ । साथै बंैकले ग्राहकको सहजतालाई ध्यानमा राख्दै देशव्यापी ए.टि.एम नेटवर्क, अनलाइन बंैकिङ्ग सेवाका साथै केहि नगद काउन्टर, रेमिटयान्स सेवाहरु सुचारु राख्दै आएको छ ।


प्रतिक्रिया दिनुहोस्