फोनपेले पायो पेमेन्ट कार्ड इन्डष्ट्रि डाटा « Arthapath.com
२० जेष्ठ २०७७, मंगलवार

फोनपेले पायो पेमेन्ट कार्ड इन्डष्ट्रि डाटा



काठमाडौं । फोनपे पेमेन्ट सर्विस लिमिटेड नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त नेपालको एक अग्रणी र प्रतिष्ठित भुक्तानी प्रणाली अपरेटर हो । फोनपे नेटवर्कमा ५२ वटा बैक तथा वित्तीय संस्था, एक लाख ४० हजार मर्चेन्ट रहेका छन् भने ११ लाख मोबाईल बैंकिङ प्रयोगकर्तामा यसले सेवा प्रदान गर्दै आएको छ ।

दैनिक एक लाख भन्दा बढि कारोबार हुँदै आएको फोनपेले विश्वविख्यात डाटा सुरक्षा मापदण्ड ‘पेमेन्ट कार्ड इन्डष्ट्रि डाटा सुरक्षा मापदण्ड’पीसीआइ डिएसएस भि थ्रि.टु.वान प्रमाणीकरण प्राप्त गरेको छ ।

योसँगै कम्पनीको पुरा प्लाटफर्म पिसिआई डिएसएस मान्यता प्राप्त सेवा प्रदायकको उपलब्धी हाँसिल गरेको छ । यस प्रमाणीकरणले फोनपेको दायरा अन्तरगत गरिएका सबै कारोबार सुरक्षित रहेका छन् र भुक्तानगर्ने ग्राहकका हरेक डाटा सुरक्षा गर्न कम्पनी प्रतिवद्ध छ भन्ने कुराको प्रमाणित गरेको छ ।

भुक्तान कार्ड उद्योग डाटा सुरक्षा मापदण्ड भुक्तान कार्ड उद्योग सुरक्षा मापदण्ड काउन्सिलद्धारा अवलम्बन गरिएको अनिवार्य कडा मापदण्डहरुको सेट हो । जहाँ कम्पनीले पीसीआइद्धारा उल्लेख गरिएका मापदण्डहरू पुरा गर्नुपर्दछ । यसले डाटाको भण्डारण, प्रक्रिया तथा डाटाहरुको सुरक्षा गर्दछ भने भुक्तानीमा हुने धोकाधडी अर्थात् फ्रड कार्यलाई लाई रोक्दछ ।


प्रतिक्रिया दिनुहोस्