आजदेखि सबै सरकारी कार्यालय दुई सिफ्टमा खुल्दै, बैंक तथा बित्तिय संस्थाहरुलाई पनी दुई सिफ्टमा खोल्न राष्ट्र बैंकको निर्देशन « Arthapath.com
१ असार २०७७, सोमबार

आजदेखि सबै सरकारी कार्यालय दुई सिफ्टमा खुल्दै, बैंक तथा बित्तिय संस्थाहरुलाई पनी दुई सिफ्टमा खोल्न राष्ट्र बैंकको निर्देशन




काठमाडौं। कोरोना भाइरस नियन्त्रणका लागी लकडाउनको भएको ८३ दिनपछि सरकारी तथा गैरसरकारी कार्यालयहरु खुलेका छन्।

बैंक तथा बित्तिय संस्थाहरुलाई आजदेखि २ सिफ्टमा सेवा सन्चालन गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ ।

गत बुधबारको मन्त्रिपरिषद् बैठकले सरकारी कार्यालयसंगै बैंक तथा बित्तियसंस्थाहरु पनि २ सिफ्टमा सन्चालन गर्न दिने निर्णय गरेको थियो । सरकारले गरेको सोहि निर्णयको आधारमा राष्ट्र बैंकले सबै प्रकारका बैंक तथा बित्तिय संस्थाहरुलाई आजदेखि २ सिफ्टमा सेवा सन्चालन गर्न निर्देशन दिएको छ ।

राष्ट्र बैंकले सेवाग्राहीको चापको मुल्याङ्कन गरि बिहान ८ बजेबाट दिउँसो १ बजेसम्म र १ बजेबाट साँझ ६ बजेसम्म गरी दुई सिफ्टमा सेवा प्रदान गर्न बैंक तथ बित्तिय संस्थालाई निर्देशन दिएको छ ।

गत बुधबारको मन्त्रिपरिषद् बैठकले आजदेखि सबै सरकारी कार्यालयहरु खोल्ने निर्णय गरेपछि साढे २ महिनापछि सरकारी कार्यालयहरू पुनः दुई सिफ्टमा गरी सञ्चालनमा आउन लागेका हुन् ।


प्रतिक्रिया दिनुहोस्