एनआइसी एशिया बैंकले ल्यायो घर, गाडी र साना उद्यमीका लागि सस्तो कर्जा « Arthapath.com
१९ असार २०७७, शुक्रबार

एनआइसी एशिया बैंकले ल्यायो घर, गाडी र साना उद्यमीका लागि सस्तो कर्जा



काठमाडौं । एनआइसी एशियमले घर, र साना उद्यर्मी लक्षित आकर्षक ब्याजदरसहितको कर्जा योजना ल्याएको छ ।
कोरोना भाइरस नियन्त्रणका लागी चैत ११ गतेबाट गरेको लकडाउन केही खुकुलो भएपछि बैंकले घर र गाडी कर्जा ल्याएको छ ।
देशमा वन्दा वन्दी भएपछि समस्यामा परेका साना उद्यमीहरुलाई सहजताको लागि आकर्षक ब्याजसहितको योजना ल्याएको हो।

बैंकल घर तथा अपार्टमेन्ट खरीद, घर निर्माण र घर निर्माणका लागि आवश्यक जग्गा खरीदका लागि ऋण दिने छ ।
बैंकले पाँच वर्षदेखि अधिकतम ३० वर्ष ९मोराटोरियम पिरियड पाँच वर्षसम्म गरि० कर्जाको समयावधि कायम छ।
बैंकले अधिकतम डेढ करोड सम्म ऋण दिने छ ।

ग्राहकहरुले आफ्नो आर्थिक क्षमता अनुसारको तिर्नसक्ने इएमआइ वार्षिक रुपमा आफैले निधारण गरेर भुक्तानी गर्न सक्ने सुविधा पनी बैंकले लेराएको छ ।


प्रतिक्रिया दिनुहोस्