हिमालयन बैंकले टिच फर नेपाललाई दियो ५ लाख सहयोग « Arthapath.com
४ श्रावण २०७७, आईतवार

हिमालयन बैंकले टिच फर नेपाललाई दियो ५ लाख सहयोग



काठमाडौं । हिमालयन बैंक लिमिटेडले टिच फर नेपाललाई ग्रामिण क्षेत्रका समुदायिक÷सरकारी विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्न ५ लाख सहयोग गरेको छ । बैंकले स्वयंसेवक शिक्षकहरुको व्यवस्था गर्न पाँच लाख बराबरको आर्थिक सहायता प्रदान गरेको हो ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्ने सिलसिलामा बैंकले सो संस्थालाई उक्त सहायता रकम प्रदान गरेको हो । “एक दिन नेपालका सबै विद्यार्थीहरुले गुणस्तरीय शिक्षा प्राप्त गर्नेछन्” भन्ने मुल मन्त्रका साथ अगाडी बढेको टिच फर नेपाल संस्थाले हालसम्म विभिन्न ७ जिल्लाका ६७ वटा विद्यालयमा २७० जना स्वयंसेवक शिक्षकहरुको व्यवस्था गरी ३० हजारभन्दा बढी विद्यार्थीहरुलाई विज्ञान, गणित, अंग्रेजी लगायतका विषयहरु पढाइरहेकोे छ ।

हिमालयन बैंकले आफ्नो स्थापनाकाल देखिनै अनाथालय, बृद्धाश्रम, सांस्कृतिक सम्पदा संरक्षण, शिक्षा, स्वास्थ्य, प्राकृतिक विपत्ति भोगेकाहरुका लागि, चेतना मुलक कार्यक्रमहरु आदिमा समय–समयमा विभिन्न किसिमका सहयोग र राहत सामाग्रीहरु उपलब्ध गराउँदै आएको छ ।

बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणाले बैंकका उच्चपदस्थका कर्मचारीहरुको उपस्थितिमा उक्त सहयोग रकम टिच फर नेपालका प्रमुख कार्यकारी अधिकृत स्वस्तिका श्रेष्ठलाई हस्तान्तरण गर्नुभयो ।


प्रतिक्रिया दिनुहोस्