अव व्यक्तिगत कर्जाको व्याजदर परिवर्तन नहुने, ऋणीलाई राहातै राहात « Arthapath.com
२३ भाद्र २०७७, मंगलवार

अव व्यक्तिगत कर्जाको व्याजदर परिवर्तन नहुने, ऋणीलाई राहातै राहात



काठमाडौं । नेपाल राष्ट्र बैंककले व्यक्तिगत कर्जा लिने ऋणीलाई समय समयमा भैरहने व्याजदर परिवर्तन गर्न नपाउनेगरी एकिकृत निर्देशन जारी गरेको छ । अव बैंकबाट मर्जा लिएका ग्राहाकहरुले पहिले जुन व्याजदरमा कर्जा लिएका हुन्छन सोही रेटको व्याजदरमात्रै तिरे पुग्छ । यसले महिना महिनामा व्याजदर परिवर्तन भैरहने परम्परालाई निरुत्साहीत गरेको छ ।

अव बैंकबाट मर्जा लिने ऋणीहरु मालामाल हुने भएका छन । होम लोन, अटो लोन र अन्य व्यक्तिगत कर्जामा बैंकहरुले हरेक ३/३ महिनैपिच्छे व्याज बढाएर हैरान गर्ने गरेका थिए । अव त्यसो गर्न नपाइने भएको छ ।

राष्ट्र बैंककले मंगलबार बैंकहरुसंगको अन्र्तक्रियामा बोल्दै गभर्नर महाप्रसाद अधिकारीले एउटा महत्वपुर्ण संसोधन एउटा स्टेप व्यक्तीगत रुपमा लिइने आवधिक कर्जाहरुको व्याजलाई फिक्स राख्नेगरी एकिकृत निर्देशिकामा राख्देको बताए ।

‘कुनैपनि व्यक्तिले कुनै आवधीक कर्जा १ वर्षभन्दा बढी अवधीको कर्जा निष्चित मासिक किस्ता इएमआइको रुपमा कायम गरेर दिइएको छ भने त्यो किस्तामा कुनैपनि परिवर्तन नहुनेगरी व्याजदरलाई फिक्स गर्नेगरी एकिकृत निर्देशिकामा राख्देका छौं’ । गभर्नर अधिकारीले भने ।
यस्तो निर्णयले व्यक्तिगत कर्जा लिने ऋणीहरुलाई राहात पुग्ने राष्ट्र बैंक नियमन विभागका कार्यकारी निर्देशक देव कुमार ढकालले बताए । यसले व्याजदरमा स्थीरता आउनुका साथै व्यक्तिको इनकम फिक्स हुँदा पनि किस्ता तिर्न कुनै अफ्टेरो नहुने बताए । यस्तो निर्णयलाई निजी बैंकका सिईओहरुले पनि स्वागत गरेका छन ।

प्रभु बैंकका सिईओ अशोक शेरचनले भने जुन व्याजदरको अवधीमा लगानी गरिएको छ त्यै व्याजदर कायम हुनु ऋणीका लागी फाइदा भएको बताए । हामीले महंगो व्याजदर भएको बेलामा लगानी गरेको अवस्थामा महंगो हुने सस्तो हुँदा सस्तै हुने बताए ।


प्रतिक्रिया दिनुहोस्