आजबाट सिद्धार्थ बैंकको ३ अर्ब रूपैयाँको ऋणपत्र बिक्री खुला « Arthapath.com
१६ आश्विन २०७७, शुक्रबार

आजबाट सिद्धार्थ बैंकको ३ अर्ब रूपैयाँको ऋणपत्र बिक्री खुला



काठमाडौं । सिद्धार्थ बैंकले तीन अर्व रुपैयाँको ऋणपत्र बिक्री गर्ने भएको छ । बैंकले प्रतिसेयर १ हजार रुपैयाँमा ८.५० प्रतिशत ब्याजदरमा सात वर्षे ऋणपत्र निष्कासन गर्न लागेको बैंकले जनाएको छ । ऋणपत्रको लागि असोज २० गतेसम्म पर्याप्त आवेदन नपरेमा असोज ३० गतेसम्ममा बिक्री गर्ने बैंकको तयारी रहेको छ ।

लगानीकर्ताले न्यूनतम २५ कित्ताका लागि आवेदन दिन सक्नेछन् भने अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्ने छन् । बैंकले ३० लाख कित्ता ऋणपत्र आजबाट बिक्री खुल्ला भएको हो । कूल बिक्री गर्न लागेका कित्तामध्ये १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत र बाँकी १२ लाख कित्ता सर्वसाधारणका लागि बिक्री गर्ने बैंकले जनाएको छ ।

सर्वसाधारणका लागि निष्कासन गर्ने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ६० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । सर्वसाधारणले बाँकी ११ लाख ४० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। बैंकले यसरी बिक्री गरेको ऋणपत्रको शतप्रतिशत रकम कर्जामा लगानी गर्न पाउनेछ ।


प्रतिक्रिया दिनुहोस्