सनराइज बैंकले अशोक लेल्याण्डका गाडी किन्न ३ दिनभित्र कर्जा दिने « Arthapath.com
२० आश्विन २०७७, मंगलवार

सनराइज बैंकले अशोक लेल्याण्डका गाडी किन्न ३ दिनभित्र कर्जा दिने



काठमाडौं । सनराइज बैंक र आईएमई समूहद्वारा संचालित नेपालका लागि अशोक लेल्याण्डका विभिन्न सवारी साधनको आधिकारीक बिक्रेता आईएमई मोटर्स प्राइभेट लिमिटेड बिच कर्जा प्रवाह संबन्धी सम्झौता भएको छ ।

बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र आईएमई मोटर्सका तर्फबाट कार्यकारी निर्देशक सन्दिप अग्रवालले हस्ताक्षर गरेका थिए ।

यस सहमतिपत्र अनुरुप, आईएमई मोटर्सद्वारा वितरित सवारी साधन खरिद गर्नका लागि सनराइज बैंकबाट कर्जा प्रवाह गर्ने सहमतिमा हस्ताक्षर भएको छ । ग्राहकहरुले उक्त सवारी साधन खरिदका लागि बिना धितो खरिद मूल्यको ६० प्रतिशत सम्मको कर्जा सुबिधा पाउने बैंकले जनाएको छ ।

कर्जाको मासिक किस्ता ईएमआईको आधारमा अधिकतम ७ वर्षको अवधिमा भुक्तानी गर्न सकिनेछ । कर्जा बैंकले ३ कार्य दिन भित्र उपलब्ध गराउने व्यवस्था समेत गरेको छ ।


प्रतिक्रिया दिनुहोस्